मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ सय घट्दा सुनको मुलय प्रतितोला १ लाख ९ हजार १ सय

५ सय घट्दा सुनको मुलय प्रतितोला १ लाख ९ हजार १ सय

अपि टाइम्स

काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। साताको अन्तिम दिन सुन तोलामा ५ सय रुपैयाँ घटेको छ भने चाँदी ५ रुपैयाँ घटेको छ।

शुक्रबारका लागि सुनको बजार मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सय रुपैयाँ घट्दा बिहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार स्थिर रहेको चाँदीको मूल्य भने साताको अन्तिम दिन ५ रुपैयाँ घटेको छ। शुक्रवार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ। अघिल्लो दिन प्रतितोला १४ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा प्रभाव स्थानीय बजारमा देखिएको छ। बिहेको लगन नजिकिएपछि स्थानीय बजारमा सुनको मूल्य घट्दा कारोबारमा सकारात्मक असर पर्ने महासंघले जनाएको छ।

बिहीबार प्रतिऔंस १९९९।७६ डलर रहेको सुन शुक्रवार घटेर प्रतिऔंस १९८७।६६ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस २५।८ डलरबाट घटेर शुक्रवार २४।९६ डलरमा कारोबार भइरहेको छ।