मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना, नवउद्यमीहरुलाई हतोत्साहित नगर्न माग

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना, नवउद्यमीहरुलाई हतोत्साहित नगर्न माग

अपि टाइम्स

काठमाडौं। नवउद्यमीहरूलाई उद्यम सुरु गर्न चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने मागसहित धर्ना सुरु गरिएको छ। राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना सुरु भएको हो।

अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने कामका लागि ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने उनीहरुको माग छ। शुक्रबार माइतीघरबाट नयाँ बानेश्वर जाने सर्भिस लेन बन्द गरेर कार्यक्रम आयोजना भएको हो।

‘माग पूरा नभएसम्म हामीहरू निरन्तर रातभर पनि धर्ना बस्ने छौँ,’ पुनले भनेका छन्।

धर्नामा सहभागीहरुले ‘नवउद्यमीहरुलाई हतोत्साह नगर’, ‘स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउ’, ‘कुल बजेटको २ प्रतिशत वैज्ञानिक अनुसन्धानमा खर्च गर’ लगायतका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

त्यस्तै, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ सिर्जना गर्ने र कोषबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताइएको छ। यी लगायत ४ बुँदे माग राखेर उनीहरुले धर्ना सुरु गरेका हुन्।