मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेको मुद्दामा अब अर्को साता सुनुवाइ

सन्दीप लामिछानेको मुद्दामा अब अर्को साता सुनुवाइ

अपि टाइम्स

११ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ ।

सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुवै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन ।

न्यायाधीश ढकालको इजलासमा परेमा मात्रै मुद्दा थप अघि बढ्छ भने अरु न्यायाधीशको इजलासमा परेमा फेरि सुरुदेखि सुनुवाई गर्नुपर्ने हुन्छ ।