मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयमा पन्थीको ७२ दिनः ७५ बढी औपचारिक कार्यक्रम, ४२ उपलब्धि

स्वास्थ्य मन्त्रालयमा पन्थीको ७२ दिनः ७५ बढी औपचारिक कार्यक्रम, ४२ उपलब्धि

अपि टाइम्स

काठमाण्डौँ । कम्तीमा पनि अढाई बर्ष काम गर्ने सोँचका साथ स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीको पद ७२ दिनमै गुम्यो । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ क बाट भारी मतका साथ नेकपा एमालेबाट दोश्रोपटक विजयी भएका पन्थीले माघ २९ गते सपथ ग्रहण गरेका थिए भने वैशाख १४ गते पद गुम्यो । केन्द्रको गठन्धनमा आएको परिवर्तनसंगै पद गुम्दा पन्थी बेखुसी पक्कै छन् ।

पुरा कार्यकाल बसेर प्रदेशको स्वास्थ्य क्षेत्रलाई आमुल परिवर्तनको दिशामा लैजाने उनको सपना पुरा नभए पनि उनले ७२ दिनमा निकै राम्रो काम गरेको दावी गरेका छन् । मन्त्रालयको कामको हिसावले अहिलेका उपलब्धी २३ वर्षकै उपलब्धी भएको उनको सचवालय र कर्मचारीको दावी छ । ७२ दिन ४२ काम, स्वास्थ्यमा उज्यालो घाम उनको भन्दै पन्थीले ४२ महत्वपूर्ण काम गरेको बताएका छन् । उनले जति काम गरेँ भनेर दावी गरे उत्ति नै खासै केह ीगर्न नसकेको भनेर उनको आलोचना पनि उत्तिकै भइरहेको छ ।

हेरौँ स्वास्थ्य मन्त्रालयका उपलब्धि

पदभार ग्रहण लगत्तै मन्त्री पन्थीले प्रादेशिक सरुवा रोग अस्पताल चन्द्रौटाको शुरुवात गर्ने निर्णय कार्यान्वयन गर्दै शिलान्यास गर्दै निर्माण कार्य शुरु गरेका पन्थीले बिभिन्न अस्पतालको स्तरवृद्धि गरे भने उनको अर्को महत्वपूर्ण काम भनेको एक वर्षदेखि कोभिड कोषमा थन्किएर रहेको रकम मृतक परिवारलाई दिने प्रकृया अघि बढाए । सो निर्णय कार्यन्वयन हुँदा प्रदेशभरका मृतक ६ सय ३६ जनाका परिवारले एकएक लाख रुपैयाँ पाउने छन् । त्यसको लागि ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा मन्त्री पन्थीले पठाउन सफल भएका छन् ।

उनले सार्वजनिक गरेका कामहरु यस्ता छन्

स्वास्थ्य मन्त्रालय

  1. कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती गरिएको ।
  2. लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरिएको ।
  3. लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यायुक्त अन्तरङ्ग सेवा प्रवाहका स्तरउन्नती गरिएको ।
  4. लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत प्रदान गरिएको ।
  5. कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठक बसी ६ सय ३६ जना कोभिड १९ बाट मृत्यु भएका परिवारले पाउने जनही रु १/१ लाख गरी कूल जम्मा ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको ।
  6. नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढाइएको ।
  7. कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन गरिएको।
  8. निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको ।
  9. लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन प्रकिया अघि बढाइएको ।
  10. मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि  स्थापना देखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस गरिएको।
  11. राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नरसिंग प्रशासक व्यवस्थापन गरिएको ।
  12. राप्ती प्रादेशिक अस्पतालमा NICU र PICU (नवजात शिसु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन गरिएको ।
  13. राप्ती प्रादेशिक अस्पतालमा नाक कान घटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गरिएको ।
  14. भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालनमा ल्याइएको ।
  15. प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिन सहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, examination टेबल, आइसियु बेड, इसिजी, Bipap, patient monitor महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण गरिएको ।
  16. स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश गरिएको ।
  17. प्रदेश जनस्वास्थ्य ऐन मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसंग पृष्ठपोषण लिइ अन्तिम रुप दिने कार्य भइरहेको ।
  18. प्रादेशिक अस्पताल सहित जिल्लाका अस्पताल विकास समितीमा रिक्त रहेका अध्यक्ष्य तथा सदस्यहरुको नियुक्ती गरिएको ।
  19. सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृत गरिएको ।
  20. लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागी छनौट गरि ५ करोड बढी बराबरको सम्झौताको काम अघि बढाइएको(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।
  21. अस्पताल सुदृढीकरण कार्यक्रम मार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा गरिएको ।
  22. अस्पतालमा रिक्त मेडिकल सुपरिड़ेन्टेन्डको नियुक्ती गरिएको ।
  23. राप्ती गाउपालिकालाई एक थान एम्बुलेन्स सहयोग प्रक्रिया अघि बढेको ।
  24.  नीति संबाद संचालन गरि प्रदेशका स्वास्थ्य प्राथमिकता र बिगत बर्षहरुदेखि संचालनमा आएका कार्यक्रमहरुको प्रभावकारिताको लेखाजोखा गरिएको ।
  25. प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण भैरहेको।
  26. बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात गरिएको।
  27. विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन गरिएको ।
  28. प्रदेश सरकारको लगानीमा निर्माण भैरहेका स्वास्थ्य पूर्वाधारहरुको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको ।
  29. प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा सहयोगी सुपरिवेक्षण गरिएको ।
  30. ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुको जटीलता पत्ता लगाउन नर्सिंग कर्मचारीहरुलाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरि २५ थान पोर्टेबल अल्ट्रासाउण्डमेसिन समेत वितरण गरिएको ।
  31. BSL-II Standard मा सेवा बिस्तार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएको।
  32. ज्येष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरि जेष्ठ नागरिकहरुलाई घरमै गइ सेवा प्रदान गर्ने कार्य भइरहेको ।
  33. थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचारका कार्य भइरहेको।
  34. अस्पतालको न्युनतम सेवा मापदण्डको स्कोरमा सुधार भएको, लुम्बिनी प्रदेशका ४ ओटा अस्पतालहरु देशकै उत्कृष्ठ दश अस्पतालमा परेको ।
  35. आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रमा सेवा बिस्तार गरि सेवा प्रवाह गरिएको।
  36. गुल्मी बलेटक्सार स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको ।
  37. लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण सस्था बेलझुण्डी, प्रस्तावित भालुवाङ अस्पताल निर्माण स्थल, देवदह नगर अस्पताल खैरेनी, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, नेपाल नेत्रज्योति संघ आखा अस्पताल कपिलवस्तु लगाएत विभिन्न अस्पतालको निरिक्षण गरिएको ।
  38.  हात्तिपाइले रोग विरुद्ध औषधी सेवन अभियान शुभारम्भ (कपिलवस्तु, दाङ, बाँके) गरिएको।
  39. प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश स्तरीय औलो निवारण निर्देशक समितिको प्रथम वैठक गरिएको ।
  40. डुमरा स्वास्थ्य चौकी मायादेवी ६ कपिलवस्तुको भवन शिलान्यास गरिएको ।
  41. रुरल मेडिकल रेस्पोन्डर स्वास्थ्य तालिम, स्वास्थ्य सम्बन्धी VCAT तालिम संचालन गरिएको ।
  42. ७५ औं विश्व स्वास्थ्य दिवस, विश्व औलो दिवसमा सचेतना सहित मनाइएको ।

किन आलोचना भयो ?

सांसद पन्थीले मन्त्री भएर जति काम गरेँ भनेका छन् त्यति नै आलोचना भयो यो ७२ दिनको बिचमा । मन्त्रालयको कार्यकक्ष छोडेर नीति र नियम बनाउन भन्दा पन्थी औपचारिक कार्यक्रममा बढी रम्ने गरेको भन्दै उनको आलोचना हुन्छ ।

मन्त्री पदको कद नै घट्न खालका अति सामान्य कार्यक्रममा पनि पन्थी सहभागि भएपछि बुद्धिजिवी सर्कलमा उनको आलोचना हुन्छ ।

हुन पनि उनले निमन्त्रणा आएका कुनै पनि कार्यक्रम छोड्न खोजेको देखिन्न । उनले करिब ८० औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भ्याएका छन् । मा. स्वास्थ्य मन्त्री विष्णु पन्थीको सचिवालय नामक उनको आधिकारिक फेसबुक पेजमा राखिएका कार्यक्रमलाई श्रोत मान्दा पन्थी ७८ कार्यक्रममा सहभागि भएको देखिन्छ । ती कार्यक्रम मन्त्रालय मातहतका थोरै छन् भने पार्टी, बिभिन्न संघसंस्था, एनजिओ, आइएनजिओका कार्यक्रम धेरै छन् । यस आँकडामा तलमाथि हुन सक्छ । यस हिसाबले सांसद पन्थीले एक दिनमा एक औपचारिक कार्यक्रममा भेट्न सफल भएका छन् ।

कतिपय अवस्थामा पन्थी एकै दिनमा ३ । ४ कार्यक्रम पनि सम्बोधन र शिल्यास गर्न भ्याउँछन्, श्रोत भन्छ । सपथ ग्रहण पछि फेब्रअरी १३ मा उनले पहिलो कार्यक्रममा सहभागिता जनाए । संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाले स्वास्थ्य मन्त्री पन्थी र खानेपानी, ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यलाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।
पन्थीको अन्तिम औपचारिक कार्यक्रम रुपन्देहीमा भयो । वैशाख १३ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्ययोजनाबारे वुटवल तामनगरमा भएको छलफलमा मन्त्रीको रुपमा पन्थी सहभागि थिए ।

आफ्ना शुभचिन्तक, नेता कार्यकर्ता, बिभिन्न संघसंस्थाका ब्यक्तिले स्वभावैले आफ्ना कार्यक्रममा निमन्त्रण गर्छन् बुटवलका एक जना बुद्धिजिवी भन्छन् ती सबै कार्यक्रममा मन्त्री नै सहभागि हुनैपर्छ भन्ने हुँदैन । तर पन्थी पुग्नु भएकै हुन्छ । यो भनेको उहाँले प्राथमिकता छुट्याउन सक्नु भएन कि भन्ने हो । उहाँ सरल र सबैका प्रिय भए तापनि यस कुरालाई हेक्का राख्नुपर्छ आगामी दिनमा ।
‘पन्थीको नकारात्मकताको खासै कुरा गर्न नचाहेका पार्टीकै एक जना नेताले यो उनको कमजोरी रहेको बताए । पन्थी सबैका साझा हुनुहुन्छ । उहाँले औपचारिक कार्यक्रमलाई जोड दिनु हुँदैन’, उनले भने ।
‘लुम्बिनी प्रदेशका सरकारी स्वास्थ्य संस्थामा चरम लापरबाहि र बेथिति रहेको कुरा पटकपटक सामाजिक संजाल र मिडियामा आउँछ । मन्त्री रहेको बखत पन्थीले ती अस्पतालको छड्के अनुगमन गर्ने, आवश्यक निर्देशन दिने लगायतका कामलाई प्राथमिकतामा राख्न सकेनन् । यतिसम्म गरेको भए पनि सरकारी स्वास्थ्य संस्थामा रहेको अराजकता, मनपरि तन्त्र, डाक्टर नर्सको सिण्डिकेट, सोर्सफोर्स लगायतका वेथिति कम भएर सर्वसाधारणले राहत पाउँथे । यहाँनेर पन्थी चुक्नुभयो । यो गर्न धेरै समय पनि चाहिने होइन । नीति बनाउनु पर्ने पनि थिएन । मन्त्री भएकै दिनबाट गर्न सकिने काम थिए यी,उनले भने ।

सामाजिक संजालमा पनि प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रहेका समस्या समाधान गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।

उसो त सांसद पन्थीले ७४ मा सांसदमा निर्वाचित भएपछि कार्यकाल सकिँदासम्म आफूलाई बोलाइएकामध्ये ३ वटा कार्यक्रमबाहेक सबैमा सहभागि भएको स्विकार गर्छन् । चार नम्बरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पन्थीले निमन्त्रणा गरिएका ९७ प्रतिशत कार्यक्रममा सहभागि भएको बताएका थिए ।