मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले बोलायो संसदीय दलको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल

रास्वपाले बोलायो संसदीय दलको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।