मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी छ। सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक सुरु भएको हो। पार्टीको केन्द्रीय कार्यसमिति बैठकका बारेमा छलफल गर्न बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए।

ती पदाधिकारीका अनुसार बैठकमा भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा प्रतिकूल नतिजा आएपछि कांग्रेसमा सुधार र रुपान्तरणको बहस सुरु भएको छ।

केन्द्रीय कार्यसमिति बैठक बोलाएर उपनिर्वाचनको समीक्षा गर्नु पर्ने र नीति महाधिवेशनको मिति तय गर्नु पर्ने कांग्रेसमा आवाज उठिरहेको छ।