मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचार्यको आगमनले कपिलवस्तुमा थुप्रै सुधार, राहदानी फारममा हुने ब्रहम्लुट अन्त्य

आचार्यको आगमनले कपिलवस्तुमा थुप्रै सुधार, राहदानी फारममा हुने ब्रहम्लुट अन्त्य

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, वाणगंगा । कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउने वित्तिकै शंकरहरि आचार्यले भनेका थिए ‘नराम्रो गर्दिनँ, हिजोको भन्दा राम्रो गर्छु, विग्रन दिँदैन । उनले सार्वजनिक स्थानमा भन्ने गर्छन् म प्रष्टवक्ता हो, तितो हुनसक्छ सत्य कुरा खरो बोल्छु ।’

कुनै पनि जिल्लामा नयाँ प्रजिअ, प्रहरी प्रमुख, इन्सपेक्टर, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुखको आगमन हुँदा एक्सनमा काम गर्छु, बदमासी गर्नेलाई छोड्दिनँ लगायतका यस्तै विशेषण सम्मिलित शब्दहरु राखेर वाक्य निकाल्छन् ।

तर अन्त्यसम्म यस्ता सबै भनाई निरर्थक हुन्छन् र विदाई हुँदा एउटा कालो धब्बा बोकेर जान्छन् । कपिलवस्तुमा पनि यहि नियति पटकपटक दोहोरिने गरेको छ ।

तर प्रजिअ शंकरहरि आचार्यको सवालमा भने बोली र ब्यावहारको तादाम्यता मिल्दै गरेको देखिएको छ । आचार्य जिल्लामा आएको केहि महिना मात्रै भयो । यो विचमा उनले गरेको कामको रफ्तारलाई हेर्ने हो भने धेरै आशा गर्ने ठाउँ बनेको छ । त
सार्वजनिक कार्यक्रममा पनि खरो र ठेट बोल्ने उनले यो बिचमा प्रशासनिक सुधार, जिल्लाको शुशासन, शान्ति सुरक्षा कायम र सेवा प्रवाहमा थुप्रै सुधारका काम गरेको देख्न सकिन्छ ।

राहदानीको अनलाइन फारम निशुल्क कार्यालयबाटै

उनी आएपछि जिल्लामा सबैभन्दा राम्रो भएको काम भनेको राहदानीको अनलाइन फारम भरेको नाममा विचौलियाबाट भएको ब्रहम्मलुटको अन्त्य हो । यो व्यवस्था गत चैत्र २२ गतेदेखि लागु भएको छ । आचार्यको आगमनअघि राहदानी बनाउन प्रशासन पुगेका सेवाग्राहीबाट बिचौलियाले लाखौँ रुपैयाँ लुटेका थिए । कार्यालयबाहिर ठगको अखडा ठड्याएर सेवाको नाममा राहदानीको अनलाइन फारम भरेकै नाममा प्रतिब्यक्ति १५ सय देखि ३५ सयसम्म असुल्ने गरेका थिए । त्यहाँ ब्रहम्मलुट नै मच्याइरहेका थिए ।

यसबाट सेवाग्राही आजित थिए भने प्रशासनको पनि तीव्र रुपमा आलोचना भइरहेको थियो । यस विषयमा संचारमाध्यमम र सेवाग्राहीले पटकपटक आवाज उठाउँथे । तर सुनुवाई हुने गरेको थिएन । आचार्य आएपछि भने लगत्तै यो गुनासो सुनेर काम थाले ।

प्रजिअ आचार्यले जिल्ला प्रशासन कार्यालयभित्रै राहदानीको विद्यूतीय अनलाइन फारम भर्ने व्यवस्था मिलाए । तयसपछि भने सेवाग्राही ठगिनबाट बचेका छन् भने सेवा प्रवाह पनि छिटो छरितो भएको छ । अहिले तिर्नुपर्ने राजश्वबाहेक राहदानीको अनलाइन फारम भरेबापत् एक सुका पनि लाग्दैन । यो अनुभुति स्वयम् सेवाग्राहीले नै गरेका छन् ।

वाणगंगाका सेवाग्राही रामप्रसाद पौडेलले आफूले यो कुराको अनुभुति गरेको सुनाए । उनले भने ‘कुन्नि कति महिना पहिले राहदानीको फारम भर्न जाँदा मैले ३ हजार तिरेको थिएँ । टोकन लिन पनि समस्या थियो । तर अस्ति साथीको कामको लागि प्रशासनमा पुग्दा कार्यालयभित्रकै कर्मचारीले अनलाइन फारम भरिदिए । एक रुपैयाँ लागेन । लाइनको झञ्झट पनि भएन । काम पनि छिटोटरितो भयो । अहिले सुधार भएको देखेँ ।’

रामप्रसादले जस्तै अन्य सेवाग्राहीले पनि यस्तै खुसीको कुरा सुनाए । नयाँ बयवस्था गरेपछि अहिले फारम भनेको दिनहुँ भीँड नै लाग्ने गरेको छ । अहिलेसम्म १ हजार ५ सय बढीको फारम भरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल बताउँछन् । टाइमकार्डको आधारमा दैनिक ६० देखि ७० जनासम्मको फारम भर्ने काम भइरहेको उनको भनाई छ । सेवा ग्राहीले सुरुमा नाम टिपाएर टाइम कार्ड लिएमा ५ देखि १० दिनभित्र पालो पाउँछन्, जबकि यसअघि महिनौँ लाग्ने गरेको थियो ।
मिटरब्याजि पीडितको लागि कार्यलयमै हेल्प डेस्क

जिल्ला प्रशासन कार्यालय परिसरभित्रै अहिले मिटरब्याजि पीडितको लागि कार्यलयमै हेल्प डेस्क स्थापना गरिएको छ । जहाँ अनुचित लेनदेन सम्बन्धि पीडितहरुले सहायता कक्षबाट लाभ लिनेछन् । बैशाख १७ गतेदेखि यो ३१ गतेसम्म यो डेस्कले काम गर्ने छ । मिटर ब्याजी पीडितहरुले आफ्नो सबुत प्रमाण सहितसहायता कक्षमा सम्पर्क गर्न सक्ने छन् । कक्षमा निवेदन फारम कार्यालयले निःशुल्क उपलब्ध गराउने र निवेदन फारम कार्यालयका कर्मचारीले नै भर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमै सञ्चालनमा आएको कक्षमा प्रशासन कार्यालयको मुद्दा फाँट र अन्य फाँटका कर्मचारीले सहजीकरण गरी पीडितलाई सहयोग पु¥याउने छन्। पुराना उजुरीलाई मन्त्रालयले पठाएको नयाँ ढाँचाको निवेदन भर्ने काममा पनि सहजीकरण हुनेछ।

कपिलवस्तुमा हाल सम्म २० वटा मिटर ब्याजी सम्बन्धी उजुरीहरू आएका छन्। जसमा २ वटा उजुरी समाधान भएका छन् भने ३ वटा उजुरीको मुद्दा अदालती प्रक्रियामा छ । बाँकी १५ वटा उजुरी कारबाही प्रक्रियामा अगाडी बढेर बयान लिई कागजात माग गरिएको प्रजिअ आचार्यले बताए।

कक्षमा सेवा लिन आउने पीडितसँग भएका कपाली तमसुक, दृष्टि बन्धकको कागज र साक्षी सहितको सबुतका आधारमा कार्यालय कर्मचारीले विवरण भर्ने र अनलाइन ईन्ट्रिमा सहयोग गर्ने गरिरहेका छन् । त्यसैगरी पुराना उजुरी दिएका पीडितबाट नयाँ ढाँचामा निवेदन भनाउने कार्य कक्षका कर्मचारीले गर्ने छन् भने ती निवेदनलाई अनलाइन ईन्ट्रि गरिने छ। त्यसै गरी तोकिएको अवधिमा नयाँ आउने उजुरीलाई समेत कर्मचारीको सहयोगमा भरेर अनलाइन ईन्ट्रि गराउने कार्यमा कक्षका कर्मचारीले सहयोग गर्नेछन्।

कक्षमा सेवा लिन आउने पीडितसँग भएका कपाली तमसुक, दृष्टि बन्धकको कागज र साक्षी सहितको सबुतका आधारमा कार्यालय कर्मचारीले विवरण भर्ने र अनलाइन ईन्ट्रिमा सहयोग गर्ने प्रजिअ शंकरहरी आचार्यले जानकारी दिए। मिटर ब्याजी पीडितहरूको समस्या समाधानका लागी कक्ष सञ्चालनले सहयोग पुग्ने प्रजिअ आचार्यको भनाइ छ।

विदाको दिनमा सेवा प्रवाह
हुन पनि आचार्य अहिले डटेरै कपिलवस्तुको प्रशासनिक सुधारको लागि लागि परेका छन् । आफूले सानो समस्याको समाधान गर्दा जनता खुसी भएको भएको भन्दै अन्य सुधार गर्दै जाने उनले बताए । राहदानी, नागरिकता लगायतका कामको सरलता र सहजताको लागि कर्मचारीलाई सोही प्रकारको निर्देशन दिएको उनले अपि टाइम्सलाई बताए । मजदुर दिवसको दिन सबै कार्यालय बन्द भए पनि जिल्ला प्रशासन कार्यालय खुल्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यसअघि नयाँ वर्ष २०८० सालको पहिलो दिन अर्थात सार्वजनिक विदाको दिन कार्यालय खुला गर्दा ७४ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । प्रशासनको यो निर्णयबाट सेवाग्राही पनि खुसी भएको रिपोर्ट आफूले पाएको उनले बताए । विदाको दिन पासपोर्ट, राष्ट्रिय परिचयपत्र तथा नयाँ नागरिकता बनाउने सेवाग्राही बढि आएको कार्यालय श्रोत बताउँछ ।
जिल्लामा धेरै समस्या रहे तापनि नेतृत्व ठिक हुने हो भने धेरै कुरा परिवर्तन गर्न सकिने उनको विश्वास छ । यसकारण आफू डटेर लागि परेको उनले बताए । अब राष्ट्रिय वाणिज्य बैङ्कको कार्यलय पनि प्रशासनभित्रै संचालन गर्ने उनको तयारी छ । राहदानी लगायतका राजस्व दस्तुर बुझाउन सहज होओस् भन्नको लागि एक महिनाभित्रै राष्ट्रिय वाणिज्य बैङ्कको शाखा ल्याउने उनले बताए ।
राजमागर्को सडक अवरोध हटाउन पहल

राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को दफा ७ बमोजिम आफ्नै अध्यक्षतामा प्रजिअ आचार्यले जिल्लाका सरोकारवालाहरु बिच बैठक बसालेर धयानाकर्षण गर्ने गरेका छन् । बैठकमा सडकमा भएका खाल्डाखुल्डीहरुले दुर्घटना बढ्दैै आएको भन्दै सचेत रहन आग्रह गरिएएको छ ।

सो अनुसार तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाईने भएको छ । कोदहवा चौराहाको सडक क्षेत्रमै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रमण हटाउने निर्णय गरिएको आचार्यले बताए ।

शान्ति सुरक्षाको विषयमा अनुगमन तीव्र
प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाको शान्ति सुरक्षामा पनि आफू सतर्क रहेको बताए । आफू आएदेखि जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुख लगायतको समन्वयमा चोरी पैठारी, दुर्घटना, आपराधिक गतिविधि, नदीजन्य पदार्थमा हुने अनावश्यक दोहन लगायतमा निगरानी बढाइएको बताउँदै अरु धेरै सुधारका कामहरु हुने उनले दावी गरे । जनताले पनि सकारात्मक भावना राखेर सरकार िनिकायलार्य सहयोग गर्ने हो भने परिणाम निकाल्न सकिने उनको भनाई छ ।

कार्यालय समयभित्र हुने औपचारिक कार्यक्रममा सकेसम्म सहभागि नहुने

रिपोर्टस क्लव लुम्बिनी प्रदेशले कपिलवस्तुको वाणगंगामा राखेको शुसासनको लागि साक्षरता विषयक कार्यक्रममा प्रजिअ आचार्य पुरा अवधि बसे । कार्यक्रमको शीर्षक नै शुसासनको लागि साक्षरता थियो । आफ्नो बोल्ने पालोमा उनले दिउसभरी कार्यक्रममा बसेर सेवाग्राहीलाई अन्याय गरेर आफैले सुशासनको उलंघन गरेको अनुभूति भएको सुनाए । उनले अबदेखि कार्यक्रम राख्दा आफूलाई बोलाउने हो भने विहानको लागि राख्न अनुरोध गरे ।

सेवाप्रवाह छोडेर औपचारिक कार्यक्रममा गएर दिनभरी बस्ने कुरालाई पनि मिनिमाइज गर्ने योजनामा आफू रहेको उनले सुनाए । महत्वपूर्णबाहेकका कार्यक्रममा गई समय विताएर सेवाग्राहीलाई नकुराउन उनले सबै सरकारी कार्यालयका प्रमुखहरुलाई अनुरोध गरे ।

आफूले राम्रो गर्न चाहे पनि मिडियाले गलत कुराहरु मात्रै लेख्ने गरेको अनुभूति भएकाले खोज पत्रकारित गर्न उनले सोही कार्यक्रमबाटै पत्रकारलाई सुझाए । भनेर भन्दा पनि जानेर समाचार लेख्दा राम्रा कुरा बाहिर आउने उनको भनाई छ । जिल्ला विकासको जिम्मा आफ्नो मात्र नभएकाले सबै जना मिलेर लाग्ने हो भने नतिजा निकाल्न सकिने उनको विश्वास छ ।