मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा रवि लामिछानेको जित निश्चित, ४० हजार मत कटाए

चितवनमा रवि लामिछानेको जित निश्चित, ४० हजार मत कटाए

अपि टाइम्स

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

यो खबर लेख्दासम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्।

चितवन(२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ।

तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ।

यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ।

श्रेष्ठले अहिलेसम्म ७ हजार ४ सय ५७ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। हालसम्म ८ सय ७० मत बदर भएका छन्। उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ। राससको सहयोगमा