मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

अपि टाइम्स

अपि टाइम्स । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्लाको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गएराति मधेश प्रदेश ०३–००१त ७१८८ नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा तीनजनाको मृत्यु भएको र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए। उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। रासस