मनुष्य मात्र नभएर सृष्टिका हरेक जीवहरुमा प्रेमको प्यास अदम्य हुन्छ । अमेरिकामा स्थित चिडियाघरको एउटा रिसर्चले २० वर्षको अनुभव सिद्ध गर्दै उल्लेख गरेको छ । वन्य पशुहरुको जीवनमा पनि प्रेमको भोक र छटपटाहट तीब्र्र हुने गर्दछ , उनीहरु प्रेमका माध्यमबाटै बिभिन्न कुराहरु सिक्ने सिकाउने गर्दछन् । एकपटक चिडियाघरको भालुले एउटा बच्चा जन्मायो त्यसको नाम टाकु राखियो । भालु जति क्रोधि प्रकृति र उद्दण्ड जनावर हो , त्यसभन्दा कयौं गुणा बढी भालुमा वात्सल्य देख्न सकिन्छ ।हेर्दा लाग्छ संसारको विकराल विषम परिस्थितिले उसलाई क्रुद्ध हुन विवष नगरेको भए भालू संसारकै अधिक स्नेह ,ममता र करुण जस्ता गुणले भरिपूर्ण जीव हुन्थ्यो । चार महिना सम्म भालुनीले आफ्नो बच्चालाई पेटमा चप्काएर गुफामा बसिरही । केही दिन पश्चात त्यसको मनमा एउटा प्रश्न जाग्यो । बच्चालाई प्रेम र वात्सल्य दिने होडमा कलिलो मुनाको आत्म विकासलाई रोकेर राख्न पनि मिल्दैन । भालु गुफा देखि बाहिर आई , सानु बच्चा भालु आमाको पछि पछि बाहिर आयो । आमा सिधै पोखरीमा गई र पानीमा तैरिदै स्नान गर्न थाली । उसले बच्चालाई पनि पानीमा पौडिन प्रेरित गरि , अनेक तरिका अपनाउदै मुखले अनेक आवाज निकाल्छे तैपनि बच्चा भालु आउन मान्दैन बच्चा पोखरी छेउमा पुग्छ , बच्चा पोखरीमा प्रवेश नगरेको देख्दा रिस पनि उठ्छ तर आफुभित्रको प्रेम , वात्सल्य भावनालाई पनि लुकाई राख्न सक्दिन । बच्चा आफ्नी आमासंग खेलवाड गर्छ पानीको नजिक जान्छ सुग्छ फेरि पछि हट्छ । कतिखेर आमाको कपाल समातेर तान्छ मानौ उसले आमालाई पानीबाट बाहिर निकाल्न चाहन्छ । आमालाई थाहा छ निरोगी रहनका लागि बच्चालाई नुहाउनु अनिवार्य पर्छ । ममतावश आमाले कयौं पटक छोड्न पर्यो , रिस देखाउन पर्यो । त्यो रिस पनि प्रेमकै एक अंश थियो भगवान पनि कहिले काहि रिसाएर आफुले बनाएको सृष्टि , आफ्ना बच्चाहरुलाई दण्ड दिन्छन् तर सम्पूर्ण दण्ड प्रकृया पनि प्रेमको एक प्रतीक हो । चाहे जतिनै किन खराब सृष्टि किन नहोस त्यसलाई नष्ट गर्ने इच्छा भगवानको पनि हुदैन बरु त्यसलाई सुधार्ने आशा रहिरहन्छ त्यसैले आफ्नो कामलाई बन्द नगरी आफ्ना सन्तानलाई प्रेम बचाइ राख्न भुल्दैन । स्वयं पिडित भैकन पनि सृष्टिलाई नष्ट गर्ने कुरा भगवानको मनमा कहिल्यै आएन ।
एक दिन आमाले जवरजस्ती गरेरै भएपनि पोखरीमा लगिछाडी , पुरा पानीमा रहुन्जेल एक क्षण सम्म पनि छोडिन , बच्चा पानीमा डुब्न थाल्दा सम्हाली हाल्थी, आफैले बच्चालाई पूर्ण स्नान गराई अब बच्चाको मनबाट डुब्ने शंसय हटिसकेको थियो उ आमासंग संगै पौडिन थाल्यो ।
स्टिकल बैक एक प्रजातीको माछा हो, जुन समुद्रमा मात्र पाईन्छ । डा. लार्ड ले यो माछाको विभिन्न बानी, र क्रियाकलापहरुको बारेमा सूक्ष्मताका साथ अध्ययन गरे । बैंकोवरलाई आइलैण्डमा महिनौं सम्म बसेर माछाको जीवन पद्धतिबारे अध्ययन गरे र भने मनुष्यले यदि चाहन्छ भने यस माछाबाट आफ्नो पारिवारिक जीवनलाई सुखि, आनन्दित उत्कृष्ट र उत्तम बनाउने महत्वपूर्ण शिक्षा लिन सक्छन् ।
नर स्टिकल बैकको आफ्नो घर बनाउने इच्छा धेरै पहिले देखिको थियो उसले घर बनाउने काम सुरु गर्यो । सबैभन्दा पहिले सम्पूर्ण समूद्रमा घुमि धुमि यस्तो स्थान खोज्छ जहाँ पानीको बहाव कम होस् , स्थान शान्त , एकान्त र त्यहाँ सहजै कोई जान सम्भव नहोस् ।
तत्परतापूर्वक गरेको कामले उपयुक्त स्थान भेटिन्छ ,स्टिकल बैक पत्नीका लागि सुन्दर घर बनाउने तैयारी गर्छ । त्यसका लागि बिचरालाई कति दुःख परिश्रम गर्न पर्छ , यो कुरा आमा बाबुको सम्पत्तिमा बुर्कुसी मारेर विहे गराईदिन आग्रह गर्ने आजभोलीका यौवन आत्माहरुलाई के था ? स्टिकल पानीमा तैरिएका स साना रुखका नरम दाउराहरु , जराहरु एकत्रित गर्छ र घर बनाउन सोंचेको स्थानमा लैजान्छ । विवाहका लागि उत्साहित स्टिकललाई अधिक परिश्रम र मजदूरी गर्न गर्छ । आफ्नो शरीरबाट एक प्रकारको चिप्लो पदार्थ निकाल्छ र एकत्रित सबै बस्तुलाई त्यसैमा चिप्काउछ , ताकि उसको अहिले सम्मको परिश्रम खेर नजाओस र सबै सामग्री चयनीत स्थानमा पुगोस् ।
स्टिकल पूर्ण आत्म विश्वासका साथ काम गर्छ । सारा एकत्रित सामान शरीरमा चप्क्यो वा चप्केन,यसको विश्वास गर्न उ आफ्नो शरीरलाई फडफडाउँदै नाँच्छ मानौ यो उसको परिश्रमको आनन्द लिने तरिका हो । अब सामान कुनै पनि हालतमा खस्दैन भन्ने पूर्ण रुपले विश्वास हुनासाथ अगि बढ्छ र पूर्व निर्धारित स्थानमा सामान लगेर घर बनाउछ । शरीरबाट निस्कने चिल्लो पदार्थले घर बनाउनका लागि सिमेन्टको काम गर्छ , दाउराहरुले ईंटा र ढुंगाको काम गर्छ । आगन्तुक बधूका लागि महल बनाएर एक पटक उ घरको वरिपरी घूमि धूमि हेर्छ । लाग्छ बैभवमा केही कमी बाँकी छ ! फेरी उ बालुका स साना कणलाई मुखमा राखेर ल्याउँछ र घरको फर्समा बिछाउँछ । कोठामा कहीँ कतै टुट फुट भए त्यसलाई सच्याउँछ । सम्पूर्ण घर पूर्ण रुपले बनेपछि मात्र उसलाई सन्तोष हुन्छ । जब सबै तयारी पूर्ण भो त्यसपछि उ स्वयं स्त्रीको खोजीमा निस्कन्छ । उसलाई दाइजो अथवा कुनै लेनदेन संग कुनै मतलव थिएन किनकि उसलाई थाहा थियो नारी नरको आफ्नै आवश्यकता पनि हो , त्यसैले प्रिय वस्तुलाई भरपूर स्वागत र सम्मान गर्ने मौका मिल्दा किन पछि पर्नु । उ मनुष्यले जस्तै दम्भ र पाखण्डलाई पर्दशित गर्दैन ।
उपयुक्त स्त्री मिल्नासाथ विधिवत विहे गर्छ । पत्नी केही दिनमा गर्भावति हुन्छे ।् तब उसलाई घुम्नका लागि सुन्दर ठाउँमा जान आग्रह गर्छ । गर्भवति अवस्थामा चाहिने वातावरणको पूर्ण ख्याल राख्छ । घरको र अण्डाहरुको देखभाल आफै गर्छ । श्रीमतिका लागि स्वयं खाना पकाउँछ , सुरक्षाका लागि ढोकामा कडा सुरक्षाको ब्यवस्था बनाउँछ । मिस्टर फैक वललैण्डले त्यसमाछाको कार्यकुशलता र कर्मठताको वर्णन गर्दै भनेका छन् — यो माछा यति सजग छ यदि घरमा कुनै सानो समस्या आइपरे तुरन्त ठिक गर्छ ।
स्टिकल बैक आफ्ना सन्तान र श्रीमतिको पालन पोषण को उत्तरदायित्व पुरै सजगताका साथ निभाउँछ । उसले सन्तान र श्रीमतीलाई कुनै शंका गर्ने ठाउँ नै राख्दैन । पानिभित्र अक्सिजनको कमी नहोस भनी घरमा पर्याप्त सुबिधानुसार ढोका र झ्यालको ब्यवस्था बनाएको छ । जसले गर्दा पानिमा बहाव बनिरहोस् र अक्सिजन लिन सहयोग मिलोस यदि बहाब रुके तुरन्त उ आफ्नो शरीर फडफडाएर बहाब पैदा गर्छ , जसले गर्दा रुकेको पानिमा फोहोरोको प्रभाव नपरोस् ।
स्टिकल बैकको जीवन कति कलात्मक र सुरुचि पूर्ण छ । यता बच्चा निस्कन थाले उता उसले घरको माथिल्लो पट्टी छतलाई अलग गरेर एउटा सुन्दर डाँडी (झुला) तयार गर्यो । मानिसहरुको जस्तो गुमसुम जीन्दगी उसलाई मन पर्दैन । पीङ बनाएर त्यसमा बच्चाहरुलाई खेलाउँछ र श्रीमतीलाई पनि , उ स्वयं घरको नजिकै परेड लगाउँछ जसलाई हेर्दा लाग्छ उसको खुसि र आनन्दको अभिब्यत्ति चरम सिमा पार गर्दैछ । उसको परेडलाई देखेर त्यसका दुश्मन र अराजक तत्वहरु डराएर भाग्छन् । जस्तै कलाप्रिय एवं सूरुचिपूर्ण सद्गृहस्थहरुमा अवगुणहरु र अशान्तिले स्थान पाउदैन । बच्चाहरु पिङ् छोडेर यता उता डुल्छन् स्टिकल उनीहरुलाई पटक पटक पिङ्मा राखिरहन्छ , जबसम्म उनीहरु आफैमा समर्थ हुदैनन् , आवारागर्दी र कुसंगतमा कहिल्यै जान दिदैन, उच्च संस्कारको सधै ख्याल राख्छ । जब उनीहरु आफ्नो ख्याल राख्न सक्ने ,संसार बसाउने र जीवन ब्यतीत गर्न सक्ने हुन्छन् त्यही दिन उ स्तन्त्रताका लागि अनुमति दिन्छ ।
कमल पौड्याल
प्रतिक्रिया