मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८० वर्षका बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने

८० वर्षका बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने

अपि टाइम्स

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बाइडेनले मंगलबार एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेका छन् । डेमोक्र्याटले बाइडेनले दोश्रो कार्यकालका लागि दावी गर्ने संकेत गर्दै आइरहेको थियो ।
बाइडेनले स्वतन्त्रता र अधिकार खतरामा रहेको परेको भन्दै उनले भने, ‘यो सन्तुष्ट हुने समय होइन, त्यसैले म दौडिरहेको छु ।’

८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।

‘अमेरिकी भावनाको पुनर्स्थापन’ गर्ने वाचा गरेका उनले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

‘जब म चार वर्षअघि राष्ट्रपतिको लागि दौडेको थिएँ, मैले भनें कि हामी अमेरिकी भावनाको लडाइँमा छौं, र हामी अझै पनि छौं,’ बाइडेनले तीन मिनेटको भिडियोमा भने ।

डेमोक्र्याटिक उम्मेदवारीका लागि उनीसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी छैनन् अर्थात् पार्टीमा उनको उम्मेदवारीको सहज बाटो निश्चित छ । तर पनि उमेरका कारण उनी राष्ट्रपतिमा दोहोरिनु हुन्न भन्ने मत भने डेमोक्र्याटिक भित्रै रहेको बीबीसीले जनाएको छ ।