मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गर्छौंः मन्त्री ज्वाला

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गर्छौंः मन्त्री ज्वाला

अपि टाइम्स

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५र५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्नमिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए ।

स्मार्ट लाइसेन्स ५र५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने कानुनी व्यवस्था गर्न लागेका छौं । उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए ।

ुपाँच वर्षमा नवीरकण गर्ने छिटो र झन्झटिलो हुने भएकाले १० वर्षमा नवीरकण गर्ने कानुनी व्यवस्था नै अगाडि बढाएका छौं । यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,ु उनले भने ।

सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए । मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बा‌ट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।

नेपालमा उत्पादित ुयात्रीु मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले बताए ।