मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फास्ट ट्र्याकको जग्गा प्राप्तिको विषय छिटो टुंग्याउने मन्त्रिपरिषद्को निर्णय

फास्ट ट्र्याकको जग्गा प्राप्तिको विषय छिटो टुंग्याउने मन्त्रिपरिषद्को निर्णय

अपि टाइम्स

काठमाडौँ । सरकारले काठमाडौं(तराईरमधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

काठमाडौं(तराईरमधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ,ु उनले भने ।

उनका अनुसार बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको छ । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बैठकले गरेको बताए ।

मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।