मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैसा नतिर्ने प्रयोगकर्ताको भेरिफाइड एकाउन्टबाट ‘ब्लु टिक’ गायब

पैसा नतिर्ने प्रयोगकर्ताको भेरिफाइड एकाउन्टबाट ‘ब्लु टिक’ गायब

अपि टाइम्स

काठमाडौं । ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ । ब्लु चेकमार्क भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै कम्पनीले पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउने चेतावनी दिँदै आएको थियो ।

कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको हो ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् ।

उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए । ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो ।