मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोग निवारणमा रुद्राक्षको महत्व

रोग निवारणमा रुद्राक्षको महत्व

रुद्राक्ष जति सानो भयो उति नै प्रभावकारी हुन्छ भन्ने गरिन्छ

अपि टाइम्स

रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि  तल्लो भागसम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ,त्यही धर्सालाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुने गर्दछ । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि हुने गरेको धार्मिक आस्था रहदै आएको छ । रुद्राक्ष जति सानो भयो उति नै प्रभावकारी हुन्छ भन्ने गरिन्छ । रुद्राक्षले सफलता, धनसम्पत्ति, मानसम्मान प्राप्तिका लागि ठुलो भुमिका खेलेको हुन्छ ।  हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ ।

१. एक मुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ, यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।

२. दुईमुखी रुद्राक्षको अर्धनारीश्वर (शिव र पार्वतीको) स्वरूप मानिन्छ,यसको धारण गरेमा मान(सम्मान एंव मोक्षको प्राप्ति हुन्छ,अधिकाश रोगहरुको निवारण हुन्छ।

३. तीनमुखी रुद्राक्ष ब्रह्माविष्णुमहेशको स्वरूप मानिन्छ,विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।

४. चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप हो,धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति गर्ने इच्छा राख्नेहरूले यसको धारण गर्नु लाभदायक हुन्छ।

५. पाँचमुखी रुद्राक्ष साक्षात् शिवको रुप हो,राम्रो स्वास्थ्य, दु:ख-कष्ट निवारण गर्न ५ मुखे रुद्राक्ष धारण गरिन्छ।

६. छ मुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। यसको धारण गरेमा समस्त पापहरु नाश गर्नको लागि श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदि नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।

७. सातमुखी रुद्राक्ष सप्तर्षिको प्रतिक मानिन्छ यसले ऐश्वर्य बढाउँन मद्दत गर्दछ र मृत्युको कष्टबाट पनि छुटकारा दिलाउछ।

८. आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामनाको लागी यसको धारण गर्नु उत्तम हुन्छ ।

९. नौ मुखी रुद्राक्ष भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ, यसको धारणले व्यक्तिको वीरता, साहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।

१०. दशमुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप भनिएको छ।सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गर्नु उपयुक्त हुन्छ ।

११. एघारमुखी रुद्राक्ष साक्षात् रुद्र स्वरूप हो,यस रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ पाउँछ।

१२. बाह्रमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिन्छ यसले रोग नाश र लाभप्रदान गर्दछ।

१३. तेह्रमुखी रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिन्छ,यसले धनसम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने विस्वास गरिन्छ ।

१४. चौधमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ। यसको धारंणले सबै पापको नाश एंव दु:खबाट मुक्ति दिने र आरोग्यता प्रदान गर्दछ ।

१५. पन्ध्रमुखी  रुद्राक्षलाई पशुपतिनाथको प्रतीक मानिन्छ । धन–सम्पत्तिको दृष्टिले उन्नति गर्नको लागि यो रुद्राक्ष उपयोगी छ । यस रुद्राक्षलाई धारण गर्नाले चर्मरोग हुँदैन ।

१६. सोह्रमुखी रुद्राक्षलाई काल विजयको प्रतीक मानिन्छ । यसलाई धारण गर्नाले ऋतुहरुको प्रकोप हुँदैन । जुन घरमा यो रुद्राक्ष हुन्छ त्यो घरमा आगो लाग्ने, चोरी डकैतीको भय हुदैन ।

१७. सत्रमुखी रुद्राक्षलाई प्रयोग गर्नाले आकस्मिक धन प्राप्तिको अनुकूलता बढ्छ । जुन व्यक्तिको घाँटीमा यो रुद्राक्ष हुन्छ उसको आकस्मिक धन प्राप्त हुन्छ । वाहन,घर,सुख आदिको लागि यो रुद्राक्ष उपयोगी छ ।

१८. अठ्ठारमुखी रुद्राक्षलाई पृथ्वीको प्रतीक मान्छि । यसलाई धारण गर्नाले व्यक्ति खुसी रहन्छ । गर्भ रक्षाको लागि यो रुद्राक्ष उपयोगी रहेको छ ।

१९. उन्नाइसमुखी रुद्रालाई नारायणको प्रतीक मानिएको छ । यसलाई धारण गर्नाले सबै प्रकारको सुख प्राप्त हुन्छ । व्यापार वृद्धि, आर्थिक उन्नतिको लागि यो रुद्राक्ष धारण गरिन्छ ।

२०. बीसमुखी रुद्राक्षलाई ब्रह्माको प्रतीक मानिन्छ । यो रुद्राक्ष सजिलै प्राप्त हुन्छ । यसलाई धारण गर्नाले ज्ञानको उन्नति हुन्छ । मन एकाग्र रहन्छ । नेत्रज्योति बढाउनको लागि पनि यो रुद्राक्ष धारण गरिन्छ ।

२१. एक्काइसमुखी रुद्राक्षलाई कुबेरको प्रतीक मान्छि । समस्त प्रकारको सुखहरु, ऐश्वर्य एवं भोग–विलासको लागि यसको प्रयोग गरिन्छ । सबै प्रकारको दैहिक रोगहरुको निवृत्तिको लागि पनि यसको उपयोग गरिन्छ । आजभोली यो रुद्राक्ष दुर्लभ छ ।

रुद्राक्षलाई सही ढंगले उपयुक्त साइत जुराएर विधि पूर्वक धारण गरियो भने अवस्य पनि शुभ फल प्रदान गर्दछ यसमा कुनै शंका लिन पर्दैन।   

यी १६ रोगको निवारणमा रुद्राक्षको महत्व

  आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । रुद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ । यसमा भिटामिन ‘सि’ हुने हुँदा रगत बढाउन, सफा गर्न र रक्तविकार नास गर्न उपयोगी छ । रुद्राक्षमा रोग नाश गर्ने शक्ति हन्छ । रुद्राक्ष धारण मात्रैले पनि ज्वरो, उत्तेजना, अनिन्द्रा । रक्तचाप, मृगी (छारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ । रुद्राक्षको धारणबाट दरिद्रता नाश हुने जन विश्वास छ ।  उच्च रक्तचाप, भूतबाधा, शारीरिक दुर्बलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ । रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभलायी हुन्छ । विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।

मानसिक रोग

गाईको दुधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दुध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मन मस्तिष्क शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ ।

स्मरणशक्ति बढाउन

चारमुखे अथवा ६ मुखे रुद्राक्ष पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।

उच्च रक्तचाल

रुद्राक्ष मालाको धारणले मात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष र स्वर्णपाक्षिक भष्म बराबर मिलाएर महसँग खाने गरेमा केही दिनमै रक्तचाप नियन्त्रण हुन्छ ।

छालाको रोग

कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरीरमा लगाउने गरेमा सबै छालाको रोग निको हुन्छ ।

पेटको रोग

हरेक दिन साँझको समयमा तामाको भाडामा पानी राखी पाँच ओटा रुद्राक्ष भिजाउने र भोलिपल्ट उक्त पानी पिउने । ४० दिन यो प्रक्रिया गर्दा पेटको प्राय सबै रोग निको हुन्छ ।

मुर्छा वा हिस्टेरिया

महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने छ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।

अजिर्ण

दशमुखे रुद्राक्ष गोलमरिच बराबरमात्रामा साँझपख पानीमा पकाएर राख्ने र विहान खाली पेटमा उक्त पानी दुई गिलास पिउने गरेमा केही दिनमै अजिर्ण समाप्त हुन्छ ।

आगोले पोलेमा

तीनमुखे रुद्राक्ष घोटेर नरिवलको तेल तताई मनतातो लगाउने गरेमा पोलेको घाउमा आराम मिल्छ ।

ज्वरो

विधिपूर्वक पूजन गरेर तीनमुखे रुद्राक्ष धारण गर्नाले ज्वरो निको हुन्छ ।

कम्मर दुखेमा

पाँच मुखे रुद्राक्षलाई ढुंगामा घोटेर बाख्राको दुधमा खाने गरेमा केही दिनमै कम्मर दुख्ने रोग ठिक हुन्छ ।

कपाल झरेमा

नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाइ दिनको दुई पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।

भूतप्रेत बाधा हटाउन

विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।

चिलाउने रोगमा

हलेदो, निमपत्ता र छ मुखे रुद्राक्ष बराबर मिसाई पानीमा भिजाउने र त्यसलाई पिसेर मालिस गर्नाले चिलाउने रोग निको हुन्छ ।

आँखा दुखेमा

पाँचमुखे रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखाको पीडा कम हुन्छ ।

दरिद्रता नाश गर्ने

सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नाश हुन्छ ।