मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहादानी लिनेको चाप बढेपछि कपिलवस्तुमा ‘विहानी सेवा’ थप

राहादानी लिनेको चाप बढेपछि कपिलवस्तुमा ‘विहानी सेवा’ थप

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । विहानी राहादानी सेवा सुरु भए पछि कपिलवस्तुका सेवाग्राहीलाई सहज भएको छ ।

पछिल्लो समय सेवा प्रवाहमा निकै राम्रो काम गरिहेको जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानीका लागि विहान ७ बजेदेखि नै सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको हो ।

राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासनले यस्तो ब्यवस्था सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । विहानी सेवा थप भएसंगै अब राहादानी सेवा दुई चरणमा हुने छ ।

वैशाख २९ गतेबाट सुरु भएको सेवाको पहिलो चरण अन्तर्गत बिहान ७ बजेदेखि ११ बजेसम्म सेवाग्राहीले सेवा लिन सक्ने छन् भने ११ बजेदेखि साँझ ६ बजेसम्म पनि सेवा लिन सक्ने छन् । यसरी सेवा विस्तार गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई फाइदा हुने प्रशासनको अपेक्षा छ ।

प्रजिअ आचार्य भन्छन्,“सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ ।“ कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत गरेको छ । दैनिक सयौको संख्यामा राहादानी सेवा लिनको लागि सेवाग्राही कार्यालयमा आउने गरेका प्रशासन बताउँछ ।

जिल्लामा प्रजिअ आचार्य आएपछि राहादानीको विद्यूतीय अनलाइन फारममा विचौलियाले गरेको ब्रहम्लुट पनि बन्द भएको छ । ४ हजार रुपैयाँसम्म तिरेर कार्यलय बाहिर अनलाइन फारम भर्नुपर्ने सेवाग्राहीको बाध्यता थियो । चौतर्फी गुनासोपछि उनले अहिले कार्यालय भित्रै निशुल्क फारम भर्ने ब्यवस्था मिलाएका छन् ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अब लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि ल्याउने तयारी भएको उनले बताए । यो सुविधा पछि राजश्व बुझाउन सेवाग्राहीले भोग्नुरेको झन्झट समेत अन्त्य हुने प्रजिअ आचार्यले अपिटाइमसलाई बताए ।

कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन पनि उल्लेखित सेवा प्रदान गरिने सूचनामार्फत् जनाएको छ ।