मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले छोडेका खत्रीले रोजे घण्टी, एमाले र काँग्रेसमाथि लगाए यस्ता आरोप

एमाले छोडेका खत्रीले रोजे घण्टी, एमाले र काँग्रेसमाथि लगाए यस्ता आरोप

अपि टाइम्स

कपिलवस्तु । नेकपा एमाले परित्याग गरेर केहि समय राजनीतिमा स्थिर रहेका शुशिल खत्री अन्तहः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पार्टीको वाणगंगा नगरपालिकाको कार्यालय उद्घाटनको अवसरमा शुक्रबार आयोेजना भएको पार्टी प्रवेश कार्यक्रममा उनी रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टीका जिल्ला अध्यक्ष शिव सुवेदी, लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल लगायतले टिका लगाएर स्वागत गरेका थिए ।

सिद्धार्थ क्याम्पस बुङ्चीका निवर्तमान स्ववियु सभापतिसमेत रहेका खत्रीले पार्टी प्रवेशको क्रममा बोल्दै पुराना पार्टीको अस्तित्व सकिएको बताए । कपिलवस्तुमा एमाले, काँग्रेस र माओवादी नाताबाद र कृपाबादमा जेलिएकाले आफू त्यहाँ बस्न नसकेको उनको आरोप छ ।

एमाले र काँग्रेसपार्टीमा ठुला नेताको चाकडी नगरेसम्म क्षमतावान् युवाले कहिल्यै स्थान नपाउने उनको दावी थियो । अब कपिलवस्तुमा रास्वपालाई पहिलो शक्ति बनाउन आफूहरु डटेर लाग्ने उनको उद्घोष थियो ।