मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोप बहादुरले एकै पटक २ गल्ती गर्नुभयो, आत्मसमर्पण गर्नुस्ः पन्थी

टोप बहादुरले एकै पटक २ गल्ती गर्नुभयो, आत्मसमर्पण गर्नुस्ः पन्थी

अपि टाइम्स

काठमाण्डौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले टोप बहादुर रायमाझीलाई आत्म सर्मपण गर्न सुझाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइएपछि अदालतले प्रहरीले पक्राउ पुर्जि जारी गरेको एक हप्ता वितिसक्दासम्म पनि रायमाझी फरार रहेपछि सांसद पन्थीले यस्तो सुझाएका हुन् ।

प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका पन्थीले शुक्रबार राति सामाजिक संजाल आफ्नो फेसबुकमा धारण सार्वजनिक गर्दै टोप बहादुरले एकैपटक २ गल्ती गरेको समेत औल्याएका छन् ।

उनको दृष्टिकोणमा प्रहरीले खोजेपछि तुरुन्तै आफै नगएर टोप बहादुरले एउटा गल्ती गरेको र पार्टीले भनेपछि पनि प्रहरी कहाँ नगएर अर्को गल्ती गरेको उनको भनाई छ ।
एमालेका प्रभावशाली नेता समेत रहेका सांसद पन्थी लेख्छन् ‘माननीय टोप बहादुर रायमाझी प्रहरीले खोजेपछि तुरुन्तै आफै जानुपर्ने , कमरेड टोपबहादुर एमाले पार्टीले भनेपछि गएको भएपनि हुन्थ्यो त्यो पनि नमानेर लुकेपछि त एकैपटकमा दुई गल्ती गर्नुभयो । जसले गर्दा झन् बढी दोषीको रूपमा दर्ज हुनुभयो । अझै बुद्धि भए आत्मसमर्पण गरेको राम्रो । सम्पर्क हुनेले सहि सल्लाह दिऔँ ।’ रायमाझी एमालेका सचिव हुन् ।

उनको स्टाटसमा धेरैले राम्रो सुझाव दिएको भन्दै सहमति जनाएका छन् ।