मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारविरुद्ध आज काठमाण्डौँमा वृहत प्रदर्शन, रवि लगायतका शीर्ष नेता आउने

भ्रष्टाचारविरुद्ध आज काठमाण्डौँमा वृहत प्रदर्शन, रवि लगायतका शीर्ष नेता आउने

अपि टाइम्स

काठमाण्डौँ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गरिँदै छ ।

विरोध कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने, एमाले नेता ठाकुर गैरे, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नागरिक अगुवाहरू डा। गोविन्द केसी, केदारभक्त माथेमा, भोजराज पोखरेल, देवेन्द्रराज पाण्डेलगायतले उपस्थित हुने प्रतिबद्धता जनाएको कार्यक्रमको व्यवस्थापन गरिरहेका सञ्चारकर्मी विश्वदीप लामिछानेले बताए ।

‘भ्रष्टाचार देशकै ठूलो रोग हो । यसको विरोध गर्न कुनै दलको झन्डा नबोकौँ, जसले जहाँबाट हुन्छ, विरोध गरौँ भनेर स्वस्फुर्त रूपमा कार्यक्रम तय भएको हो,’ उनले भने । कविद्वय विप्लव प्रतीक र अर्जुन पराजुलीले कविता वाचन गर्ने कार्यक्रम छ ।

शनिबारको कार्यक्रमप्रति ऐक्यबद्धता,’ थापाले आन्दोलनको पोस्टर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

रास्वपा सभापति लामिछानेले पनि ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो’ भन्दै सामाजिक सञ्जालमा नारायणचौरको विरोध कार्यक्रमको पोस्टर सेयर गरेका छन् ।

नारायणचौरमा हुने आन्दोलनमा नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले खुट्टा नकमाऊन् भनेर फूलसहित प्रोत्साहन गर्ने कार्यक्रम छ । ‘प्रहरी मुख्यालयको पश्चिम गेटमा एउटा टेबुल राखिएको हुनेछ ।