मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो साता सुनको मुल्य प्रतितोला एक हजारले घट्यो

यो साता सुनको मुल्य प्रतितोला एक हजारले घट्यो

अपि टाइम्स

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो साता सुनको मूल्य तोलामा एक हजार रुपैयाँले गिरावट आएको जानकारी दिएको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता एक हजार रुपैयाँले मूल्य घटेको महासङ्घले जानकारी दिएको हो ।

गत साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ प्रतितोलामा आएर रोकिएको छ ।

यो साताको आइतबार नै सुनको मूल्य घटेर कारोबार भएको थियो । आइतार तोलामा एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार तोलामा ३०० रुपैयाँले बढेको थियो भने मंगलबार पनि ३०० रुपैयाँले बढेको थियो ।

बुधबार पुनः ४०० बढेर बिहीबार स्थिर कायम भएको सुनको मूल्य शुक्रबार पुनः तोलामा २०० रुपैयाँले बढेर सुनको भाउ रोकिएको हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ ।

गत साताको अन्तिम कारोबार दिन तोलामा १४ सय ४५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १३ सय ७५ रुपैयाँ कायम भएको छ । यस अवधिमा यो ७० रुपैयाँ प्रतितोलाको गिरावट हो ।