मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै घर लाहोर पुगे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान

आफ्नै घर लाहोर पुगे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान

अपि टाइम्स

एजेन्सी । पाकिस्तानका पूर्व(प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुगेका छन् । खान त्यहाँ पुग्दा समर्थकले स्वागत गरेका छन् ।

इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताउनुभएको छ । इस्लामाबाद पुलिसले खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुनुपर्ने जनाएको छ ।

भ्रष्टाचारको आरोपमा गएको मंगलबार खान पक्राउ परेपछि देशभर प्रदर्शन तथा हिंसात्मक घटना भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् ।