मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरीरभित्र उर्जा बढाउने योगका तीन बन्ध

शरीरभित्र उर्जा बढाउने योगका तीन बन्ध

अपि टाइम्स

शरीरभित्र उर्जा बढाउने योगका शक्तिशाली तीन बन्ध जसको अभ्यासले Immune System लाई बढाउन मद्दत गर्दछ ।

१-मूल बन्ध

मूलाधार प्रदेश (मलद्वार तथा गुप्तांगको बीचको भाग)लाई माथितिर तानी रहनुलाई मूलबन्ध भनिन्छ। मलद्वारलाई खुम्च्याउनाले अपान स्थिर रहन्छ। वीर्यको प्रवाह तल्लो तहतीर रोकिएर स्थिरता आउंछ। प्राणको अधोगति रोकिएर उर्ध्व गति हुन्छ। मूलाधारमा रहेको कुण्डलिनीमा मूलबन्धले चैतन्यता उत्पन्त हुन्छ। आंत बलवान हुन्छ। दिसामा अवरोध रहंदैन अर्थात् दिसा क्लियर हुन्छ। अपान र कूर्म दुवैमा मूलबन्धको प्रभाव पर्छ। यो जुन-जुन तन्तुमा फैलिरहेको छ तिनको संकुचन हुनाले यो फैलावट एकै केन्द्रमा एकत्रित हुन थाल्छ। 

२- उड्डियाना बन्ध

पेटलाई माथितीर जति खुम्च्याउन सकिन्छ त्यति खुम्च्याएर पछाडितिर पीठ्यूमा टाँस्ने प्रयत्न यस बन्धमा गरिन्छ। यसबाट मृत्युमाथि विजय हुन्छ। जीवनी शक्तिलाई बढाएर दीर्घायुसम्म जीवन स्थिर राख्दाको फाइदा उड्डियानाबाट मिल्छ। आन्द्राको निष्क्रियता टाढा भाग्छ। आन्द्रा सम्बन्धि रोग, जलोधर, जण्डिस, किड्नी, बहुमूत्र आदि जस्ता पेट तथा मूत्राशयका रोगमा यस बन्धबाट अत्यन्तै लाभ मिल्छ। नाभिस्थित समान तथा कृकल प्राणमा स्थिरता तथा वाथ, पित्त, कफ शुद्ध हुन्छ। सुषुम्ना नाडीको मार्ग खुल्दछ साथै स्वाधिष्ठान चक्रमा चेतना आउनाले यो कम श्रमबाटै जाग्रित हुन योग्य हुन्छ। 

सावधानि– आन्द्र सुन्निउमा, आमाशय वा आन्द्रामा घाउ भएमा, हर्निया, आँखाको भित्री रोग ग्लूकोमा, हृदय रोगी, उच्च रक्तचाप एवं गर्भवती महिलाले नगर्ने।

३-जालान्धर बन्ध

 टाउको झुकाएर चिउंडोलाई छातिमा लगाउनुलाई जालान्धर बन्ध भनिन्छ। हठयोगमा बताइएको छ कि यस बन्धबाट १६ स्थानका नाडिहरुमा प्रभाव पर्छ।

१.पादाङ्गुष्ट, २. गोलीगाँठा ३.घुँडा ४.जांघ ५.सीवनी (मलद्वार र गुप्तांग विचको धर्को) ६.लिंग  ७.(नाभि) नाइटो  ८. (हृदय) मुटु ९. (ग्रिवा)गर्धन १०. कण्ठ  ११. लम्बिका १२. नासिका (नाक) १३. भ्रू (आँखिभूइंको मध्यभाग) १४.निधार (कपाल) १५.मूर्धा १६.ब्रह्मरन्ध्र

यी सोक्र स्थानमा जालान्धरको प्रभाव हुन्छ। ज्ञानतन्तु बलवान हुन्छ। विशुद्धि चक्रको जागरणमा जालान्धर बन्धबाट धेरे सहयोग मिल्छ। 

सावधानि– सर्वाइकल स्पाण्डिलाइटिस, उच्च रक्तचाप, हृदय रोगीले गर्नु हुँदैन।

अश्विनी मुद्रा

यो मूल बन्धको प्रारम्भपक क्रिया हो। मलद्वारलाई खुम्च्याउने-छोड्ने गर्नुहोस्। मलद्वारलाई खुम्च्याउने एवं छोड्ने क्रियालाई नै अश्विनी मुद्रा भनिन्छ। यसले मलद्वारको मांसपेशीला२ बलियो बनाउंछ। मलाशय सम्बन्धी रोग जस्तै- कब्ज, पायल्स तथा गर्भाशय वा मलाशय भ्रंशलाई टाढा भगाउंछ। प्राण शक्तिलाई क्षय हुनबाट रोकेर आध्यात्मिक प्रगतिको लागी माथितीर दिशान्तरित गरिदिन्छ।