मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्नाटक निर्वाचनः काँग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता

कर्नाटक निर्वाचनः काँग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता

अपि टाइम्स


एजेन्सी – कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस) आईले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक बिधानसभामा काङ्ग्रेसले तीन सीटमा बिजय भएको छ भने १२९ सीटमा अग्रता लिएको छ । त्यसैगरी भारतीय जनता पार्टी ९भाजपा०ले ६६ र जनता दलले २२ सिटमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारले दुई सीटमा अग्रता लिएको छ ।

मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार काङ्ग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी ९सेकुलर०लाई १३।२ प्रतिशत मत प्राप्त भएको छ । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।