मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीको आइपिएल यात्रा समाप्तमा पञ्जाब बाधक, प्रभसिमरनको शतक

दिल्लीको आइपिएल यात्रा समाप्तमा पञ्जाब बाधक, प्रभसिमरनको शतक

अपि टाइम्स

काठमाडौं । युवा ओपनर प्रसिमरन सिंहको शतकको सहयोगमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग९आइपीएल० २०२३ को ५९ औं खेलमा पराजित गरेको छ ।

यो जितसँगै लिगको छैटौं स्थानमा उक्लिएको पन्जाबले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा पन्जाब ३१ रनले विजयी भएको हो ।

पन्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले २७ बलमा १० चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ्स खेले ।

पहिलो विकेटका लागि अर्का ओपनर फिलिप साल्ट र वार्नरले ३८ बलमा ६९ रनको साझेदारी गरे ।

साल्टले १७ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । अमन खानले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए ।

प्रबिन दुवेले २० बलमा १६ रन बनाए । कुलदिप यादव १० रनमा अविजित रहँदा दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विना विकेट ६९ रन बनाएको दिल्लीले बाँकी ८ विकेट गुमाउँदा ६७ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि हरप्रित ब्रारले ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए । राहुल चहर र नाथन एलिसले समान २र२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो ।

दोस्रो ओभरमा नै कप्तान शिखर धवनलाई व्यक्तिगत ७ रनमा गुमाएको पन्जाबका चौथो विकेटका लागि साम करनले सिंहसँग मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरे ।

करनले २४ बलमा २० रन बनाए । सिकन्दर राजाले ७ बलमा अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दिल्लीका लागि ईशान्त शर्माले २ तथा प्रबिन दुवे,अक्षर पटेल,कुलदिप यादव र मुकेश कुमारले समान १र१ विकेट लिए।

जितसँगै बाह्र खेलमा ६ जित र ६ हारका साथ पन्जाब १० टोली सहभागी लिगको छैटौं स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ ।

समान १२ खेलमा ४ जित र ८ हारका साथ दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ ।