मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विरलै देखिने दृश्यः काजमा खटिएका प्रहरीलाई जब पूर्वगृहमन्त्रीले ठोके स्यालुट

विरलै देखिने दृश्यः काजमा खटिएका प्रहरीलाई जब पूर्वगृहमन्त्रीले ठोके स्यालुट

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ । नक्कली भुटानी शणरार्थी र संगठित भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिकहरुले शनिबार काठमाण्डौँको नक्सालमा वृहत प्रदर्शन गर्दा धेरै दृश्य हेर्न लायक थिए । तीमध्ये धेरैको ध्यान खिचेको दृश्य थियो पूर्वगृहमन्त्रीसमेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काजमा खटिएका प्रहरीलाई स्यालुट ठोकिरहेको । सभापति रवि लामिछानेले नक्कली भुटानी शणरार्थी प्रकरणमा नेपाल प्रहरीले गरेको कामको उच्च प्रसंसा गर्दै उनीहरुको मनोबल बढाउन स्यालुट ठोकेका थिए ।

पूर्वगृहमन्त्रीले प्रहरीलाई स्यालुट ठोकेको नेपाली राजनीतिमा यो विरलै देखिने दृश्य हो । कतिले रविले लोकप्रियताको लागि यसो गरेको भनेका छन् भने धेरैले प्रसंसा गरेका छन् ।

रविको यो दृश्यले धेरैको मन खिचेको थियो । रविले स्यालुट ठोक्दा प्रहरीसमेत अक्क न बक्क् थिए । त्यसअघि ती प्रहरीले रविलाई स्यालुट ठोकेका थिए ।

अरु प्रहरीहरु पनि हेरेकै हेरै भएका देखिन्थे । उनीहरुको मुहारमा मलिनता र खुसी दुवै छरिएको देखिन्थ्यो । रविले एउटा उच्च तहको संस्कार प्रदर्शन गरेको बुद्धिजिवीको भनाई छ । राम्रो काम गर्ने जोकोहीलाई पनि सम्मान गर्न कोहि हिच्किचाउन नहुने उनीहरुले अपि टाइम्सलाई बताए ।

प्रहरीलाई स्यालुट ठोक्दा रविले केहि समय भनाई पनि राखेका थिए । नेपाल प्रहरीले अहिले निकै राम्रो काम गरेको भन्दै खुट्टा नकमाउन आग्रह गरेका थिए । कुनै पनि लोभ लालच, प्रलोभन र दबाबमा रही काम नगर्न उनले सुझाएका थिए ।