मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौँ सरर साझाका बिजुली बस, पाटनबाट जोरपाटी पुग्ने

काठमाण्डौँ सरर साझाका बिजुली बस, पाटनबाट जोरपाटी पुग्ने

अपि टाइम्स

काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।

साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ ।

‘३ वटा बसका लागि हामीले रुट इजाजत पाएका छौं,’ उनले भने,‘अब क्रमशः बिजुली बसहरुमार्फत सेवा थाल्दैछौं ।’

साझा यातायातले ४० वटा बिजुली ल्याएकोमध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।