काठमाडौं । घरेलु टोली स्पानियोलमाथि ४-२ को सहज जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान १ र १ गोल गरेका थिए । स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान १-१ गोल गरेका थिए ।
यो सँगै बार्सिलोनाले २७ औं पटक ला लिगा उपाधि जितेको छ । बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो ।
जाभी हर्नान्डेज टोलीको मुख्य प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो ।
शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलमा ८५ अंक छ ।
दोस्रो स्थानको रियाल मड्रिडको समान खेलमा ७१ अंक छ ।
प्रतिक्रिया