मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि अनुदान प्रभावकारी भएन, किसानलाई निशुल्क विद्यूत दिनुपर्छः मन्त्री भुसाल

कृषि अनुदान प्रभावकारी भएन, किसानलाई निशुल्क विद्यूत दिनुपर्छः मन्त्री भुसाल

अपि टाइम्स

जेष्ठ १, काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले कृषि, पशुपन्छी तथा मत्यपालन र कृषिमा आधारित उद्योगलाई निशुल्क रुपमा विद्युत उपलब्ध गराउनुपर्ने बताएका छन् ।

सरकारले कृषि क्षेत्रमा दिएको अनुदान रकम दुरुपयोग हुने गरेको प्रशङ्ग निकाल्दै मन्त्री भुसालले मन्त्रालयले दिदैं आएको अनुदानको रकमबारे आवश्यक छलफल गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयमा आयोजित त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री भुसालले किसानलाई निशुल्क विद्युत उपलब्ध गराउन आफ्नोस्तरबाट पहल थालेको जानकारी गराए ।

‘हामीले कृषि क्षेत्रमा विभिन्न प्रकारका अनुदान दिदैं आएका छौं । यसको प्रभावकारीता खासै देखिदैंन। बास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको छ । अब कृषि तथा पशुपन्छी, मत्यपालन, कृषिमा आधारित उद्योगमा प्रयोग भएको विद्युत महशुल निशुल्क दिनुपर्छ, मन्त्री भुसालले भने’, ‘यो विषयमा छलफल गरिरहेका छौं ।’

नेपालमा उत्पादित कतिपय कृषिजन्यबस्तुको निर्यात प्रक्रियालाई सहजिकरण गर्नुपर्ने मन्त्री भुसालको भनाई छ । पूर्वी नेपालमा उत्पादित स्कुस तरकारी निर्यात गर्न नपाएको गुनासो आएकाले त्यसलाई सहजिकरणका लागि आवश्यक पहल थाल्ने उनले जानकारी गराए ।

सोअवसरमा चालु आवमा कम प्रगति देखिएका विभाग, आयोजनाहरुलाई तत्काल काम थाल्न उनले निर्देशन दिनुएका छन् ।