मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशमा धनबहादुरले नै अर्थमन्त्री पाएपछि..

लुम्बिनी प्रदेशमा धनबहादुरले नै अर्थमन्त्री पाएपछि..

अपि टाइम्स

१ जेठ, दाङ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।
नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

सम्भवतस् भोलि नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।

श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।