काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष सांसद चित्र बहादुर केसीले घुँडा टेकेर अर्को कालो दिनको सुरुवात नगर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।
सोमबार संसदमा विशेष समय सलएर बोल्दै सांसद चित्र बहादुर केसीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कामको प्रसंसा गर्दै घुँडा नटेकाउन आग्रह गरेका हुन् । यदि गृहमन्त्रीले घुँडा टेके अर्को कालोदिन सुरु हुने उनको भनाई छ । उनले कुनै पनि कारण देखाएर शणरार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।
नक्कली भुटानी शणरार्थी प्रकरण नयाँ नभएको भन्दै उनले यसमा संलग्न जोसुकैलाई पनि कारबाही गर्नै पर्ने उनको माग छ । नेपााली राजनीतिमा आफै धामी आफै बोक्सी हुने कुरा नौलो नभएको उनले बताए ।
प्रतिक्रिया