मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ राजदूतसंग भेटी कृषि मन्त्रीले भने- चीनको अभूतपूर्व विकासबाट प्रभावित छु

चिनियाँ राजदूतसंग भेटी कृषि मन्त्रीले भने- चीनको अभूतपूर्व विकासबाट प्रभावित छु

अपि टाइम्स

काठमाडौं, जेष्ठ १ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ् बीच शिष्टचार भेटघाट भएको छ ।
सोमबार मन्त्री भुसालसंग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसंग चीनले हालका बर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र सीपबाट आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोेग हुने आशा राखेको बताए ।
मन्त्री भुसालले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने बस्तुहरुमध्ये चिया र राँगाको सुकुटी चीन निकासी गर्ने बस्तुको सूची (जिएसीसी) मा राख्नका लागि अनुरोध गरेको र यसमा राजदूत सोङको पहलकदमी महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
यसैगरी २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यात सम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङ्को ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको बताएका थिए । साथै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि राजदूत सोङले आग्रह गरेका थिए ।

चीन सरकार नेपालबाट सुन्तला आयात गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । नेपालबाट उच्च गुणस्तरको पशु आहार लैजान चीन सरकार तयार रहेको समेत उनले बताए । नेपाललाई उच्च नश्लका गाई, भैसी, कुखुरा दिन तयार रहेको राजदूत सोङ्को प्रतिवद्धता थियो ।