मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिया र राँगाको सुकुटी आयात गर्ने वातावरण मिलाउन चिनियाँ राजदुतलाई मन्त्रीको आग्रह

चिया र राँगाको सुकुटी आयात गर्ने वातावरण मिलाउन चिनियाँ राजदुतलाई मन्त्रीको आग्रह

अपि टाइम्स

काठमाडौं, जेष्ठ १ । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले नेपालबाट चीन निर्यात गर्न सकिने बस्तुको बारेमा जानकारी गराएका छन् । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच सोमबार मन्त्रालयमै भएको शिष्टचार भेटमा मन्त्री नेपालबाट चीन लैजन सकिने बिभिन्न बस्तुको बारेमा जानकारी गराएका हुन् ।

मन्त्री भुसालले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने बस्तुहरुमध्ये चिया र राँगाको सुकुटी महत्वपूर्ण हुन सक्ने बताए । यी दुई चिजलाई चीन निकासी गर्ने बस्तुको सूचीमा राख्न लागिएको भन्दै उनले यसमा राजदूत सोङको पहलकदमी महत्वपूर्ण रहेको बताए । मन्त्री भुसालले हाइलेस घाँस निर्यात सम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा राजदूत सोङ्को ध्यानाकर्षण गराएका थिए । यसैगरी २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकलको बारेमा पनि जानकारी गराएका थिए ।
भेटमा राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको बताएका थिए । साथै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई चाहिएको सहयोग के हो ? स्पष्ट खाका माग गरेका मन्त्रीको सचवालयले जनाएको छ ।