मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायली राजदूत गोडरसंगको भेटमा कृषिमन्त्री भुसालले के भने ?

इजरायली राजदूत गोडरसंगको भेटमा कृषिमन्त्री भुसालले के भने ?

अपि टाइम्स

काठमाडौं, ३ जेष्ठ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसालसँग राजदूत गोडरले भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको क्रममा मन्त्री भसालले राजदूत समक्ष इजरायलले नेपालको आर्थिक, सामाजिक, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, सेवा एंव विकास निर्माण कार्यमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको चर्चा गरे ।
‘वि.सं. २०७२ को महाभुकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराएर होस् इजरायलद्धारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण छ’, मन्त्री भुसालले भने ।
नेपाल र इजरायलबीच सन् २०२२ मा हस्ताक्षर भएको समझदारी पत्र बमोजिमको तालिम “सिक्दै कमाउँदै” ले नेपाली कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप, दक्षता र व्यवसायिक क्षमता विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मन्त्री भुसालले चर्चा गरे ।
भेटवार्तामा मन्त्री भुसालले बहुआयामिक नेपाल–इजरायल सम्बन्धलाई इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (समाभ)को सहयोगमा इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्धेश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र सन् २०२० मा हस्ताक्षर हुनुले इजरायली कृषि प्रविधि नेपालमा ल्याएर कृषिको आधुनिकीकरण गर्दै आर्थिक विकासको बाटोमा अग्रसर हुन मद्धत पुग्ने विश्वास गर्दै मुलुकको कृषि पूर्वाधार निर्माणले गति लिने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै विदेश जाने नेपाली युवाको संख्यामा कमी आउने आशा राखेको बताएका थिए ।
राजदूत गोडरले इजरायलले कृषि क्षेत्रमा प्रविधिको माध्यमबाट उत्पादनमा र उत्पादकत्वमा वृद्धि गरिरहेको र नेपाललाई पनि ती नयाँ प्रविधिहरु मार्फत सहयोग गर्न तयार रहेको बताए ।
कृषिमा देखिएका नयाँ प्रविधिहरु सिंचाइसँग मलखाद दिने प्रविधि (फाटिगेसन), कृषिमा यान्त्रिकिकरण, नमुना कृषि फर्महरु, किसान तथा प्रविधिलाई क्षमता अभिवृद्धि कार्यक्रम विगतमा दिदैं आएको र आगामी दिनमा पनि निरन्तरता दिन तयार रहेको उनले जनाए ।
कृषि रहरले गर्ने पेशा नभएको भन्दै राजदूत गोडरले भने, ‘यो पेशालाई नाफामुलक व्यवसायको रुपमा लैजान सके मात्र देश कृषिमा आत्मनिर्भर बन्न सक्छ ।’