मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको फैसलामा विरोध जनाउँदै बाबुरामले भने-‘रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम !’

सर्वोच्चको फैसलामा विरोध जनाउँदै बाबुरामले भने-‘रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम !’

अपि टाइम्स

काठमाडौँ । सर्वोच्च अदालतले पनि सत्ता साझेदार नेपाल उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका छन्।

आठ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा जिल्ला र उच्च अदालतको फैसलाबमोजिम रेशमसहितका व्यक्ति जेल जीवन बिताइरहेका छन्। उक्त फैसलाविरुद्ध उनीहरूले दिएको पुनरावेदनमा सर्वोच्चले पनि मंगलबार जिल्ला र उच्चकै फैसला सदर गरेको हो।

मुख्य दोषी रेशमसहितको हकमा अभियोग दाबीबाट सफाइ पाऊँ भन्ने उनीहरूको पुनरावेदन जिकिर नपुगेको ठहर सर्वोच्चले गरेको छ।
उक्त निर्णयप्रति आक्रोश पोख्दै डा भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अदालत र न्यायाधीशले पुराना विद्यमान कानुन, नजिर, सोच राखेर ‘अपराध’को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन्।’

यसकारण पुरानाका नजरमा रेशम चौधरीहरूले ‘अपराध’ गरिरहने चेतावनी पनि उनले दिएका छन्।

‘क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्’, उनले भनेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम !’