मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद् बैठकः बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

संसद् बैठकः बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

१५ जना सांसदले प्रश्न सोध्न पाउने

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफल जारी छ।

संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्नेछ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएकोव थियो।

प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ। नियमावली अनुसार ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराने व्यवस्था छ।

त्यसै सन्दर्भमा आज प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी गरेका हुन्। संसद‌्भित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाउनेछन्।