मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियलमाथि गोलको बर्षा गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

रियलमाथि गोलको बर्षा गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

अपि टाइम्स

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १-१ को बराबरी खेलेको थियो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।

सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे ।

सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दा रियलविरुद्ध प्रभावशाली जित हात पारेको हो ।