मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुलका यी चार खेलाडीले क्लब छाड्ने भए

लिभरपुलका यी चार खेलाडीले क्लब छाड्ने भए

अपि टाइम्स

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो, एलेक्स चाम्बरलिन र नेबी केइटाले सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने भएका छन् ।

लिभरपुलले चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।

चारै जनाको यस समरबाट क्लबसँगको सम्झौता सकिदैछ ।

मिल्नर, फिर्मिन्हो, चाम्बरलिन र केइटाले लिभरपुलका लागि च्याम्पियन्स लिग र प्रिमियर लिग जितेका थिए ।

३७ वर्षीय मिडफिल्डर मिल्नरले लिभरपुलका लागि प्रिमियर लिगमा ३३० खेल खेलेका छन् ।

३१ वर्षीय ब्राजिलियन फरवार्ड फिर्मिन्होले प्रिमियर लिगमा २५४ खेल खेलेका छन् ।

केइटाले लिभरपुलका लागि ११९ खेल खेल्दा चाम्बर लिनले १४६ खेल खेलेका छन् ।