मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४८९ दिनपछि आईपीएलमा कोहलीको शतक, गेलको किर्तिमानीसंग बराबरी

१४८९ दिनपछि आईपीएलमा कोहलीको शतक, गेलको किर्तिमानीसंग बराबरी

आइपिएल करिअरको उनको यो छैठौँ शतक हो

अपि टाइम्स

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हैदरावादको राजीव गान्धी स्टेडियममा विहिबार भएको खेलमा विराट कोहलीले शतक प्रहार गर्दा उनले किर्तिमानी कायम गरेका छन् । सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको खेलमा विराटको शतकले बैङलोरले खेल जित्यो ।

कोहलीले जारी सिजनको पहिलो शतक प्रहार गरे भने आइपिएल करिअरमा छैटौं शतक प्रहार गरे । त्यसअघि उनले १९ अप्रिल २०१९ मा कोलकाता नाइट राइडर्सविरुद्ध शतक बनाएका थिए। त्यसपछि भने कोहलीको नाममा शतक लेखिएको थिएन ।

यसरी कोहलीले १४८९ दिनपछि आईपीएलमा शतक बनाएका हुन्। यसअघि सन् २०१६ को सिजनमा कोहलीले ४ शतक बनाएका थिए। आईपीएलमा उनको उत्कृष्ट स्कोर ११३ रन हो।

छैटौं शतकसँगै कोहलीले आईपीएलमा सर्वाधिक शतक बनाउने कीर्तिमानको बराबरी गरेका छन्। वेस्ट इन्डिजका क्रिस गेलले पनि आईपीएलमा ६ शतक बनाएका छन्।

यो सूचीमा जोस बटलर ५ शतकसहित दोस्रो स्थानमा छन्। विराटले शतक बनाउँदा कप्तान फाफ डु प्लेसिसले ४७ बलमा ७१ रन बनाए। यो जितसंगै बैङलोरको १४ अंक भएको छ । उसको प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।