मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिकांशलाई के खान राम्रो हुन्छ, के राम्रो हुँदैन थाहै छैनः कृषि मन्त्री

अधिकांशलाई के खान राम्रो हुन्छ, के राम्रो हुँदैन थाहै छैनः कृषि मन्त्री

अपि टाइम्स

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिएका छन् ।

विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले खाद्य र पोषण शिक्षालाई पाठ्यक्रममा राख्ने सके मात्र सर्वसाधारणमा खाद्य स्वच्छता र आनीबानीबारे जनचेतना बढ्ने बताए । खाद्य स्वच्छताबारे आफूले आफ्नो तहबाट छलफल अगाडि बढाएको समेत मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले भने ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन् । अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको लामो समय हुँदा समेत नियमावली बन्न नसकेको तितो यथार्थ सुनाए ।
‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको धेरै भयो । नियमावली बल्ल बन्दै छ । बर्षौसम्म कानुन बन्न नसक्नु राम्रो होइन्, यसलाई अगाडी बढाउन जरुरी छ,’ मन्त्री भुसालले भने ।

मन्त्री भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक चाडै पारित गर्नुुपर्नेमा जोड दिए । राष्ट्रियसभाबाट यो विधियेक स्वीकृत भइसकेको र प्रतिनिधिसभामा रोकिन पुगेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।