मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका उखु कृषकको पीडा, मेयर थापा पनि माइतीघरको धर्नामा

कपिलवस्तुका उखु कृषकको पीडा, मेयर थापा पनि माइतीघरको धर्नामा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । गत सोमबारदेखि कपिलवस्तुका उखु किसान फेरि आन्दोलित छन् । बिभिन्न माग राखि उनीहरु काठमाडौँको माइतीघरमा धर्ना बसिरहेका छन् । आफूहरुले उत्पादन गरेको उखुले २०७१ सालपछि मुल्य नपाएपछि उनीहरुले फेरि आन्दोलन थालेका हुन् । यसरी आन्दोलन थालेको यो तेश्रो पटक हो ।

चर्को घाम र पानी, भोक–तिर्खा र छोडेर ३ दर्जन बढी उखु किसान सडकमा धर्नामा छन् । सरकारले नसुनेपछि कपिलवस्तुका जनप्रतिनिधि सरकारलाई दबाब दिन माइतीघर आउने गरेका छन् । विहिबार जिल्लाका संघीय सांसद मंगल गुप्ता, शिवराज नगरपालिकाका प्रमुख अजय थापा माइतीघरमै पलेटी कसेर धर्नामा बसी किसानलाई साथ दिइरहेका थिए ।

काठमाडौँबाहेक पटकपटक जिल्ला प्रशासनमा पनि उनीहरु धर्ना बसेका छन् । तर सरकारले उनीहरुको माग पुरा गर्नको लागि कुनै तादकरुकता देखाएको छैन । २०७० ७१ मा सरकारले २५ प्रतिक्विन्टल अनुदानमा किसानलाई रकम दिने भने पनि उद्योगीले त्यो निर्णय कार्यान्वयन गरेका छैनन् । सो रकम नदिनेलाई कारबाही गर्नु पर्ने र ब्याजसहित आफूहरुको रकम असुल हुनपर्ने उनीहरुको मुख्य माग छ ।

मागहरु

यसपटक सरकारले किसानका मागहरु सुन्छ कि भन्ने उनीहरुलाई ठुलो विश्वास छ, कारण कृषि मन्त्री पनि जिल्लाकै नेता डाक्टर बेदुराम भुसाल छन् ।

मेयर अजय थापाले सरकारले किसानको माग सुन्नै पर्ने बताए । उनले अपि टाइम्सलाई भने ‘सरकारले उखु किसानका माग पुरा गर्ने सन्दर्भका किन सुनिरहेको छैन । उहाँहरु ७१ सालदेखि आन्दोलनमा हुनुहुन्छ । उहाँका माग जायज छन् । गरिब किसानको रकम नदिने उद्योगी को हुन् उनीहरुलाई तुरुन्त काबरबाही गनुपर्दछ । यसपटक सरकारले सुन्नै पर्छ ।’

सांसद मंगल गुप्ताले पनि पीडित किसानका माग पुरा गर्नको लागि आफूले पनि पहल गरिरहेको बताए । उनले कपिलवस्तुका किसान भनेर सरकारले हेपेजस्तो लागेकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने बताए ।

कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले यसपटक सरकारले आफ्ना माग सम्बोधन नगरे ज्यान दिन तयार रहेको बताए । उनले भने ‘अहिलेसम्म म यसैको लागि काठमाडौ आएको ४० पटक भयो । ३ पटक धर्ना बसेँ । तर सरकारले सुनेको छैन । म सरकारलाई चुनौति दिन चाहान्छु कि हाम्रा माग सुन कि, लास लैजाऊ । चौधरी थप्छन् कि पैसा लिएर जान्छौँ, कि सरकारले लास घर पठाइदेओस् ।’

कृषिमन्त्री आफ्नै जिल्लाको रहेको हुँदा माग सुन्छन् कि भन्ने विश्वासमा आफूहरु रहेको उनले बताए । नभए आफूले देयत्याग गर्ने चौधरीको चेतवानी छ ।

७१ सालदेखि अहिलेसम्म आफूहरुले पाउनु पर्ने रकम १० करोड भएको चौधरी बताउँछन् । कृषि, उद्योग, अर्थ मन्त्रालयले पैसा दिने भनेर स्विकृति दिइसकेको अवस्थामा हाम्रो पैसा देऊ भनेर उद्योगी कहाँ जाँदा उल्टै धम्काएर पठाउने गरेको चौधरीले गुनासो गरे ।

आफूहरुले पैसा सरकारबाट लिनेकि उद्योगिबाट लिने थाहा नभएको उनीहरुको भनाई छ । सरकारले चिनी उद्योगीलाई पैसा पठाएको तर उनीहरुले नदिएको धर्नामा बसेका ती किसान गुनासो गर्दछन् । कपिलवस्तुमा कृषकले बर्षेनी १५ लाख क्विन्टल उखु उत्पादन गर्दै आएका छन् ।