मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ वर्षपछि भगवान् भेटेका ‘लिम्बु’ को खुसीको दोश्रो कथा

११ वर्षपछि भगवान् भेटेका ‘लिम्बु’ को खुसीको दोश्रो कथा

भन्छन् 'उहाँले लगाउनुभएको यति ठुलो गुन म कसैगरी तिर्न त सक्दिन तर'..

अपि टाइम्स

काठमाडौँ । ११ बर्षसम्म अन्धकारमय र कष्टकर जीवन जिउन बाध्य भएका २१ वर्षीय युवराज लिम्बूले अहिले संसार देख्छन् । मनको आँखाले संसार देखेपनि उनका आखाँले बाहिरको संसार देखेका थिएनन् ।

तर उनी सन्दुक रुइतको शल्यक्रियाले आखा देख्ने भए । त्यसपछि उनको जीवनले अर्कै मोड लिएको छ । लिम्बु अब पढाइलाई अगाडी बढाउने सोँचमा छन् । आँखाको ज्योति पाएपछि उनले रुइतलाई भगवानको रुप दिएका छन् । यही बिषयलाई रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेज मार्फत् शुक्रबार उजागर गरेको छ ।

रुटिनले लेखेको छ “एउटा मान्छेको कर्मले कति फरक पार्दछ जिउनुमा: ‘११ वर्षपछि भगवान भेटिँदाको खुशी’ भन्ने कथा, दृष्टिका देवता अर्थात् डा. सन्दुक रुइतद्वारा आँखाको उपचार पश्चात ११ बर्ष देखि आँखाको ज्योती गुमाएका २१ वर्षे युवराज लिम्बूले पुनः संसार देखेको कथा हामी (RONB) ले ३ महिना अगाडी पोस्ट गरेका थियौं, आज फेरी त्यो कथाको दोश्रो अंश पोस्ट गर्दैछौं।

११ बर्षसम्म अन्धकारमय र कष्टकर जीवन जिउन बाध्य भएका उनले सानो सानो काम गर्न समेत अरुको सहारा लिनुपर्थ्यो तर आँखाको शल्यक्रिया भएपछि उनले राम्रोसंग आँखा देख्ने भएपछी आफ्नो उज्ज्वल भविष्यका लागि तेह्रथुमबाट काम खोज्दै झापा झरे। हाल उनले, झापाको दमकमा एउटा आयुर्वेदिक पसलमा काम गरिरहेका छन् भने अहिले उनले आँखाको ज्योति नहुँदा छुटेको पढाईलाई निरन्तरता दिने सोचमा छन्।

राज भन्छन्, “डा. रुइत मेरो जीवनमा नआएको भए सायद मैले बाँकी जीवन पनि अन्धकारमै बिताउनु पर्थ्योहोला, उहाँ मेरा निमित्त भगवान बनेर आउनुभयो र अहिले हाँसीखुशी जीवन बिताउन पाएको छु। उहाँले लगाउनुभएको यति ठुलो गुन म कसैगरी तिर्न त सक्दिन तर भगवानसंग उहाँलाई सधैंव उहाँको लागि प्रार्थना गर्दछु।

हामीले राजको अहिलेको अवस्थाको बारेमा डा. रुइतलाई बताउँदा उहाँले भावविभोर हुँदै भन्नुभयो, “राजले जीवनको नयाँ अध्याय सुरु गरेको थाहा पाउँदा मैले यत्रो वर्ष गरेको कर्मले सार्थकता पाएको महसुस भइरहेको छ।” ❤