मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारको नीति

पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारको नीति

अपि टाइम्स

काठमाडौँ । सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ । आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

विभिन्न कारण र माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको विश्लेषण भइरहेको बेला सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो ।

पछिल्ला महिनाहरुमा मुलुकको बाह्य क्षेत्रका सूचकहरु सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र मन्दीमा छ । तर, पछिल्ला तथ्यांकहरुले आयात बढ्दो क्रममा रहेको देखाएको छ । यसरी आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको बेला आयात बढ्नुको कारणलाई केहीले पुँजी पलायनका रूपमा विश्लेषण गरिरहेका छन् ।