मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले मासिक ५० युनिटसम्मको बिजुली निःशुल्क गर्ने

सरकारले मासिक ५० युनिटसम्मको बिजुली निःशुल्क गर्ने

अपि टाइम्स

काठमाण्डौ । सरकारले वर्षायाममा ५० युनिटसम्म विद्युत निःशुल्क गरिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारले वर्षायाममा मासिक ५० युनिटसम्म र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्नेहरुले विद्युत महसुल तिर्नुपर्नेछैन ।

यस्तै, सरकारले खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होबाट प्रतिस्थापन गर्ने घोषणा समेत गरेका छ।

यसैगरी, हाइड्रोजन इन्धनको उत्पादन र सम्भाव्यता पनि अध्ययन हुने सरकारी घोषणा छ ।