मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नीति तथा कार्यक्रममा खेलकुदः एक वडा एक खेल मैदान

सरकारको नीति तथा कार्यक्रममा खेलकुदः एक वडा एक खेल मैदान

अपि टाइम्स

काठमाडौं । सरकारले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।

हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था तथा अन्तरपालिका र प्रदेश स्तरीय खेलकुद आयोजना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

हरेक विद्यालयमा खेल शिक्षकको व्यबस्था गरिनेछ । वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिने छ। एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने उल्लेख छ।

आगामी दुई वर्ष भित्र काठमाडौको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरि अन्तराष्ट्रिय प्रतियोगिता संचालन हुने ब्यबस्था गरिनेछ । चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूवार्धार निर्माण कार्य अघि बढाइनेछ,ु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने, अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै खेलकुद पूवार्धारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने, खेलकुद पयर्टनकोविकास र विस्तार हुने किसिमका खेलकुद पूवार्धारहरू सार्वजनिक र निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने समेत उल्लेख गरिएको छ ।