मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनि कपिलवस्तुको वाणगंगामा नै बन्ने भयो ‘माछा अनुसन्धान केन्द्र’

अनि कपिलवस्तुको वाणगंगामा नै बन्ने भयो ‘माछा अनुसन्धान केन्द्र’

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र निर्माण हुने भएको छ । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र [नार्क] को विहीबार बसेको ६३ औं परिषद बैठकले जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ मा माछा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको हो ।

डा. बेदुराम भुसालले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा नार्कको कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको थियो ।

यसका लागि बैशाख अन्तिम हप्ता कृषिमन्त्री भुसाल जिल्लामा स्थलगत अनुगमन गरेका थिए ।

जिल्लाका विभिन्न स्थानको अवलोकन पश्चात बाणगंगा ८ को जग्गा उपयुक्त देखिएपछि त्यहाँ माछा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

नार्कको अध्यक्ष समेत रहेका मन्त्री भुसालले ६३ औं परिषद् बैठकमा माछा अनुसन्धान केन्द्र स्थापनाको एजेण्डा लगेका थिए । परिषद बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गर्दै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

नेपालको तराई क्षेत्रमा समग्र ८० प्रतिशत माछा उत्पादन हुँदै आएको छ। तर माछा सम्बन्धी अनुसन्धान केन्द्र नभएको अवस्थामा पहिलो पटक नार्कले छुट्टै कार्यालय स्थापना गर्न लागेको हो ।

नार्कका लागि बाणगंगा नगरपालिकाले २५ विगाह जग्गा उपलब्ध गराउने छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माछा अनुसन्धान केन्द्र स्थापनाका लागि नगर कार्यापालिकाबाट जग्गा उपलब्ध गराउने गरी पहल थालिसकेका छन् ।

२०४६ सालदेखि हालसम्म मुलुकमा कुनै नार्कको कार्यालय स्थापना हुन नसकेको कृषि मन्त्रीको सचवालय बताउँछ । यो कामको थालनी जिल्लाकै लागि निकै गौरवको विषय रहेको सचिवालय बताउँछ ।

नार्कका बैज्ञानिक सम्मिलित एक टोलीले जग्गाको प्रारम्भिक निरीक्षण गरिसकेको छ । अब जग्गा प्राप्ति लगायतका बाँकी काम अगाडि बढाउने गरी काम भइरहेको नार्कले जनाएको छ ।