मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा रास्वपाको संगठन विस्तार तीव्रः अन्य दललाई धक्का देला ?

वाणगंगामा रास्वपाको संगठन विस्तार तीव्रः अन्य दललाई धक्का देला ?

अपि टाइम्स

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाणगंगा नगरपालिकामा संगठन विस्तार अभियान तीव्र बनाएको छ । देशभर संगठन विस्तार अभियान थालेको रास्वपाको केन्द्रिय निर्णय अनुसार वाणगंगामा पनि संगठन विस्तारले तीव्रता पाएको हो ।
११ वडा रहेको वाणगंगामा अहिले अहिलेसम्म ४ वडामा संगठन विस्तार भएको नगर सभापति बुद्धि सागर बेलबासेले अपि टाइम्सलाई बताए ।

उनका अनुसार शुक्रबार वडा नम्बर १ मा शंकर पौडेल सर्वसम्मत सभापतिमा चयन भएका छन् । त्यसअघि वडा नम्बर २, ११ र ५ मा पनि वडा कमिटि चयन भएको थियो । बेलबासेले अब सबै वडामा कमिटि गठन गर्ने बताए ।

वर्तमान राजनैतिक दलको असन्तुष्टिको कारण जन्म भएको पाटीमा अहिले देशब्यापी आकर्षण बढ्दो छ । त्यो आकर्षण वाणगंगामा पनि रहेको सभापति बेलबासेले बताए । वाणगंगामा अन्य दलबाट असन्तुष्ट भएर आउने पनि उत्तिकै रहेको र राजनीतिमा जोडिन खोज्ने नयाँ ब्यक्तिहरु रास्वपामै जोडिन थालेको बेलबासेले दावी गरे । आगामी चुनावसम्म वाणगंगामा रास्वपाको लहर नै चलाउने उनको जिकिर छ ।

उनी भन्छन्,’वाणगंगामा वर्तमान राजनैतिक दल पनि सुध्रिएनन् । नगरपालिकाको नेतृत्व पनि अक्षम छ । जनताले भनेजस्तो सेवा सुविधा पाएका छैनन् । दलका नेतामा खुट्टा तान्ने प्रवृत्ति मात्र हावी छ । अब यसको विकल्पमा रास्वपा उभिने निश्चित छ । युवाहरु बढी मात्रामा जोडिएकाले राम्रो सम्भावना देखेका छौँ । अब वाणगंगामा रास्वपालाई कसैले रोक्न सक्दैनन् ।’


आलोचकहरु भने वाणगंगामा रास्वपाको शक्ति बलियो नहुने बताउँछन् । राजनैतिक अनुभव नभएका केटाकेटीको भीँडले वाणगंगामा शक्ति संचय गरेर बसेका दललाई कुनै प्रभाव नपार्ने उनीहरुको बुझाइ छ ।

नेपाली काँग्रेस, माओवादी र एमालेका नेता भन्छन्’ रास्वाको संगठन विस्तार भइरहेको छ । यो राम्रो छ । तर अनुभवी मान्छे र पाका मान्छै छैनन् । बुद्धिजिवीहरु देखिन्न् कमिटीहरुमा । अन्य पाटीमा असफल भएर लागेका मान्छेले उहाँहरुले सोँचेजस्तो कुनै धक्का देलान् भन्ने लाग्दैन । उहाँहरु आउनु राम्रै छ । उहाँहरुको मिहिनेत राम्रो छ ।’

रास्वपा जिल्ला अध्यक्ष शिव सुवेदीले भने धेरै राम्रा मान्छे पार्टीमा जोडिएकाले क्रमिक रुपमा सबै देखिँदै जाने बताए । कपिलवस्तुका सबै पालिकामा रास्वाले वर्तमान राजनैतिक दललाई धक्का दिने दिने उनी बताउँछन् ।

रास्वपाका लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले आफू रहेको वाणगंगामा निकै राम्रो वातावरण बनेको बताए । धेरै बुद्धिजिवी र शैक्षिक ब्यक्तित्वहरु पार्टीमा जोडिने त्रलम तीव्र भएकाले अन्य पार्टीको सातो गएको पोख्रेलको प्रतिक्रिया छ । लुम्बिनी प्रदेशभर रास्वपाको लहर बढेको उनले अपि टाइम्सलाई बताए ।

नेकपा एमाले र काँग्रेसको राजनीति गरेर सिद्धार्थ क्याम्पसको स्ववियु सभापति भई हाल रास्वपामा प्रवेश गरेका युवा नेता शुशिल खत्रीले अरुले जेसुकै भने पनि युवाको लहर बढाएर जिल्लामा रास्वपाको शक्ति बलियो बनाउने बताए ।

स्थानीय स्तरमा पनि वर्तमान राजनैतिक दल र तिनको नेतृत्व गर्ने नेता भ्रष्ट र बदमास भएपछि जनताले आफूहरुलाई विकल्पस्वरुप रोजेको उनको भनाई छ ।