मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीका सचिव र पूर्वराज्यमन्त्री एमालेमै फर्किए

एकीकृत समाजवादीका सचिव र पूर्वराज्यमन्त्री एमालेमै फर्किए

पार्टीलाई काँग्रेस र माओवादीको पुच्छर बनाएको आरोप

अपि टाइम्स

दाङ । एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् । शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेका स्वागत गरे ।

एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् । समाजबादी माओवादी र काँग्रेसको पुच्छर बनेको लगायतका आरोप उनीहरुले लगाएका छन् । पार्टी फुट्नुको औचित्य पुष्टि हुने गरि नेतृत्वले काम नगरेको उनीहरुको भनाई छ ।

एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारवाही गरेको थियो । एकीकृत समाजवादी जिल्ला कमिटी दाङले पनि अध्यक्ष, उपाध्यक्ष, सचिवलाई कारवाही गरेर शुक्रवार नै भूपबहादुर केसीको अध्यक्षतामा १७१ सदस्यीय कमिटी गठन गरेको छ ।