मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली पराजित, चेन्नाई प्लेअफमा

दिल्ली पराजित, चेन्नाई प्लेअफमा

अपि टाइम्स

काठमाडौं । दिल्ली क्यापिटल्सलाई हराउदै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नाईले ७७ रनको जित दर्ता गरेको हो ।

चेन्नाईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।

दिल्लीका लागि ओपनर तथा कप्तान डेबिड वार्नरले ५८ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८६ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

दिल्लीले पहिलो विकेटका रुपमा ओपनर पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान वार्नर र फिलिप साल्टले २१ रनको साझेदारी गरेका थिए ।

दिल्लीले ४ दशमलब ४ ओभरमा साल्टलाई गुमाएकोमा अर्को बलमा नै राईली रोसोउ गोल्डेन डग आउट भए ।

चौथो विकेटका लागि यश धुलसँग मिलेर वार्नरले ४९ रनको साझेदारी गरे । धुलले १५ बलमा १३ रन मात्र बनाए ।

पाचौ विकेटका रुपमा अक्षर पटेल ८ बलमा १ चौका र १ छक्का सहित १५ रन बनाएर आउट भए ।

चेन्नाईका लागि दीपक चहरले ३ तथा मथिशा पथिराना र महेश थिक्शनाले समान २र२ विकेट लिए । तुषार देशपान्डे र रविन्द्र जडेजाले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

चेन्नाईका लागि ओपनरद्वय ऋतुराज गायकवाड र डेभोन कन्वेले सानदार अर्धशतकीय ईनिङ्स खेले । कन्वेले ५२ बलमा ११ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाए ।

गायकवाडले ३ चौका र ७ छक्काको सहयोगमा ७९ रन बनाए ।

पहिलो विकेटका लागि कन्वे र गायकवाडले ८७ बलमा १ सय ४१ रनको सानदार साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि कन्वेले शिभम दुवेसँग मिलेर २२ बलमा ५४ रनको साझेदारी गरेका थिए । दुवेले ९ बलमा ३ छक्काको सहयोगमा २२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले ११ बलमा अविजित २८ रनको साझेदारी गरे । जडेजा ७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २०रनमा अविजित रहे ।

कप्तान धोनी ४ बलमा ५ रन बनाउदै अविजित रहे ।

दिल्लीका लागि चेतन साकरिया,एनरिच नोर्किया र खलिल अहमदले समान १र१ विकेट लिएका थिए ।

जितसँगै १४ खेलमा ८ जित र ५ हारका साथ चेन्नाई दोस्रो स्थानमा कायम रहँदै प्लेअफमा स्थान बनाएको छ । शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउने चेन्नाई दोस्रो टोली हो ।

साबिक विजेता गुजरात टाईटन्सले यस अघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली १४ खेलमा १० अंकका साथ नवौं स्थानमा रहेको छ ।