मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन खेल अगावै सिटी प्रिमियर लिगको च्याम्पियन

तीन खेल अगावै सिटी प्रिमियर लिगको च्याम्पियन

अपि टाइम्स

काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरे ।

यस सिजन उत्कृष्ट सुरुआत गर्दै लामो समयसम्म शीर्ष स्थानमा रहेको आर्सनलले २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा आर्सनल सफल हुन सकेन ।

नटिङहम फरेस्टसँग हारपछि आर्सनलको ३७ खेलबाट ८१ अंक छ र अब एक खेल बाँकी हुँदा शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि छ । सिटीले सबै खेल हार्दा पनि आर्सनलले बाँकी एक खेल जितेर भेट्ने छैन ।

सिटीको ३५ खेलबाट ८५ अंक छ । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ ।

यस्तै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ । कासेमिरोको गोलमा एएफसी बर्नमाउथलाई १(० ले पराजित गरेपछि युनाइटेडले शीर्ष चारमा पकड बनाएको हो ।

युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ । उसले अब लिगमा बाँकी दुई खेलबाट १ अंक मात्र जोडे पनि शीर्ष चारमा स्थान पक्का हुनेछ ।

लिभरपुलले अन्तिम समयमा गोल गर्दै एस्टन भिल्लासँग १/१ को बराबरी खेल्दा युनाइटेडले पर्खनुपर्ने भएको छ ।

लिभरपुल ३७ खेलबाट ६६ अंकसहित पाँचौ स्थानमा छ ।