काठमाडौँ । नेपाली क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तय भएको छ ।
फौजदारी अभियोग खेपी रहेका सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन रहेको छ ।
सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको छ ।
एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दै राख्नु पर्नेमा अर्को तारिख दिएका थिए ।
सन्दीपको आज तय भएको पेशी अगाडि नबढे उनी विश्वकप ग्लोबल क्वालीफायर खेल्न पाउने सम्भावना कम हुनेछ ।
प्रतिक्रिया